7 years ago
February 23, 2018
बुटवल (हाम्रो खेलकुद) – देवदह जेसिजले अन्तर जेसिज फुटसल उपाधि जितेको छ । बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा शुक्रबार सुनवल जेसीजलाई टाइब्रेकरमा २–१ हराउँदै देवदले उपाधि जितेको हो ।
निर्धारित समयमा ४–४ गोलको बराबरी पछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । कपिलवस्तु जेसिजलाई हराउँदै तिलोत्तमा जेसिज तेस्रो भयो । ४–४ बराबरीपछि टाइब्रेकरमा तिलोत्तमा ३–२ ले विजयी भएको थियो ।
बुटवलमा रहेका जेसिजबीच सम्बन्ध विस्तारका लागि फुटसल आयोजना गरिएको अयाोजक बुटवल जेनिसले जनाएको थियो । प्रतियोगितामा आठ जेसिजको सहभागिता थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]