7 years ago
February 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लिटिल एन्जल्स स्कुल ९एलए० की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गल्र्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् ।
बर्लिन करातेका पदक विजेता खेलाडी दायाँबाट क्रमश : अनु अधिकारी, मलिका थापा, मुकुन्द्र महर्जन र मन्डेकाजी श्रेष्ठ ।
गल्र्स २५ केजीमा हेभेनकी दिप्ती पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनक सरिशा तामाङ तथा एकल कातामा नारायन्जनकी सन्जु देशारले एलएकी सीमा खड्कालाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
ब्वाइज २० केजीमा आईजे पायोनियरका सम्राट न्यौपानेले एलएका ओम खत्री, २५ केजीमा बाल अंकुरका सुमित पाख्रिनले लुभूका सीताराम थापा, ३० केजीमा एम्सका निशान तामाङले बेसिकका रजिन्द्र राई, ३५ केजीमा नारायन्जनका मनीष कार्कीले आईजे पायोनियरका अनिल सुन्दासलाई उपाधि भिडन्तमा पाखा लगाउदै स्वर्ण जिते ।
प्रतियोगिताको प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा फेब्रुअरी १६ र १७ तारिखमा जर्मनीको बर्लिनमा भएको बर्लिन ओपन इन्टरनेसनल कराते प्रतियोगिताका स्वर्ण विजेता मल्लिका थापा, अनु अधिकारी र मुकुन्द्र महर्जन तथा कांस्य विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । कुमुते र कातामा डब्लुकेएफ जज ‘बी’ मा उत्तीर्ण हुन सफल प्रकाशमोहन धौभडेल पनि सम्मानित भए ।
दुईदिने प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट जम्मा २ सय खेलाडीले विभिन्न २५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको एलएका कराते प्रशिक्षक समेत रहेका सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठले जनाएका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]