7 years ago
February 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै पश्चिमाञ्चल विकास क्षेत्र तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब समूह विजेता बन्यो ।
लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कर्भडहलमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले पुलिसमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै समूह ‘बी’ विजेता बन्न सफ भएको हो । शुरुवाती दुई सेट नै २५–२२ र २५–२० ले आफ्नो पक्षमा पारेर पुलिसलाई दवावमा राखेको पश्चिमाञ्चलले तेस्रो सेट भने, १८–२५ ले गुमाएको थियो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा पुलिसले २९अग्रता लिएर पनि २९–२७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ सेटको बराबरीमा पु¥याएका थिए । निर्णायक सेटमा भने पश्चिमाञ्चलले १५–११ ले खेललाई आफ्नो पक्षमा पार्दै पुलिसमाथि ३–२ को कठिन जित निकाल्यो । हारका बावजुत पनि पुलिस समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्ग्न सफल भयो ।
यस्तै आर्मीले सुदूर पश्चिमाञ्चलमाथि २५–११, २५–१२ र २५–१० को सहज जित निकाल्दै अपराजित रहँदै सेमिफाइनलमा पुग्न सफल भयो । मध्यपश्चिममाथि २५–१३, २५–१४ र २५–७ को सहज जित निकाल्दै नेपाल एपीएफ क्लब समूह उपविजेता बन्यो । समूह ‘बी’ अर्को खेलमा पूर्वाञ्चलले मध्यमाञ्चलमाथि ३–१ को जित नकाल्दै प्रतियोगितामा सान्तवना जित निकाल्न सफल भयो ।
अब सेमिफाइनलमा पश्चिमाञ्चलले समूह ‘ए’ को उपविजेता एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा आर्मीले समूह ‘बी’ को उपविजेता पुलिससँग खेल्नेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]