7 years ago
February 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी र पुलिस अपराजित रहँदै समूह ‘ए’ र समूह ‘बी’ बाट एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको हो ।
यस्तै समूह ‘बी’ बाट पश्चिमाञ्चल पनि अपराजित रहँदै सेमिफाइनल नजिक पुगेको छ । समूह ‘बी’ मा पुलिस र पश्चिमाञ्चल अपराजित छन् । बिहिबार हुने समूह चरणको अन्तिम खेलले नै समूह ‘बी’ बाट विजेता र उपविजेता टुङ्गो लगाउनेछ ।
लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा बुधबार भएको खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपीएफमाथि ३–० को सहज जित निकाल्यो । एकपक्षीय खेलमा आर्मीले एपएफमाथि २५–२१, २५–२२ र २५–१८ को सहज जित निकाल्यो ।
बुधबारै भएको अर्को खेलमा विभागीय नेपाल पुलिस क्लबले पूर्वाञ्चलमाथि ३–० कै सहज जित निकाल्यो । पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१७ ले जित्दा तेस्रो सेट २५–११ ले सहज पन्छायो ।
बुधबारकै अर्को खेलमा सुदूरपश्चिमले मध्यपश्चिममाथि ३–० कै सहज जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ । सुदूरले मध्यपश्चिममाथि २५–२१, २५–१९ र २५–२१ ले आफ्नो पक्षमा पा¥यो । अर्को खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चलमाथि २५–१८, २५–२१ र २५–२२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा जीवितै राखेको छ ।
प्रतियोगिता अन्र्तगत बिहिबार समूह चरणका अन्तिम खेलहरु हुनेछ । मध्यपश्चिम र एपीएफ, पुलिस र पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चल तथा आर्मी र सुदूरपश्चिमबीच खेल हुनेछ । ३ विभागसहित तत्कालीन ५ प्रदेशसहित ८ टिमको सहभागिता रहने आयोजक सेनाले जनाएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]