default_image

7 years ago

February 19, 2018

एपिएफलाई प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल उपाधि

117 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोमबार ३–२ को कठिन जित निकाल्दै एपिएफले उपाधि जितेको हो ।

 

न्यू डायमण्डले पहिलो सेटमा २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २५–२१ जित्दै बराबरी गरेको एपिएफले तेस्रो सेट २५–१६ ले जित्दै अग्रता लिएको थियो । चौथो सेटमा न्यू डायमण्डले पुनरागमन गदैे २५–२१ ले खेल जित्यो र खेलमा २–२ को बराबरी गर्यो । रोमाञ्चक बनेको अन्तिम तथा निर्णायक सेटमा भने दुइ पटक न्यू डायमण्ड म्याच प्वाइन्टमा पुगेर चुकेकेको थियो । त्यो सेट १९–१७ ले जित्दै एपिएफले प्रतियोगिता आफ्नो नाममा लेखायो ।

फाइनलमा न्यू डायमण्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन् । त्यस्तै टोलीका लागि मञ्जु गुरुडले १८ अंक बनाइन । एपिएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेबिका चौधरीले २१ अंकको योगदान दिएकी थिईन् । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिइन् । न्यू डायमण्डकी प्रतिभा उत्कृष्ट स्पाइकर, सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, कृपा अधिकारी उत्कृष्ट सेटर तथा एपिएफकी नेविका चौधरी उत्कृष्ट सर्भर र हिरा केसी उत्कृष्ट ब्लकर घोषित भइन् ।

विजेता एपिएफले उपाधिसहित २ लाख, दोस्रो टोलीले न्यु डायमन्डले १ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ प्राप्त गर्यो । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुड, महासचिव जितेन्द्र बहादुर चन्द्, नेपालगन्ज नगरपालिका उपमेयर उमा थापा, सुशिल कोइराला स्मृती प्रतिष्ठानका सदस्य सचिव अतुल कोइराला, क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम ओली, आयोजक कमिटी अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कृत गरे ।

फागुनको ३ देखी सुरु प्रतियोगिताको पहिलो टोलीको पुरस्कार शुसिल कोइराला प्रतिष्ठानले प्रायोजन गरेको थियो । प्रतियोगितामा दुइ विदेशी टोली सहित ६ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाल एपिएफ, शिवम न्यु डायमन्ड, नेपाल पुलिस क्लब, आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ, भारत देहरादुनको स्पोर्टस टे्रनिज र बंगलादेशको इफाद गु्रप अफ महिला भलिबल टोलीले प्रतिस्पर्धा गरेको थिए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.