default_image

7 years ago

February 18, 2018

बर्लिनमा ३ नेपालीले जिते स्वर्ण पदक

274 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद) – बर्लिन ओपन अन्तर्राष्ट्रिय करातेमा भाग लिने सबै ४ खेलाडीले पदक जितेका छन् । अनु अधिकारी, मलिका थापा र मुकुन्द्र महर्जनले स्वर्ण पदक तथा मन्डेकाजी श्रेष्ठले कास्य पदक जितेका छन् ।

जर्मनीमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा अनुलले महिला ५० केजी र मलिकाले ५५ केजीमा स्वर्ण पदक जितिन् । अनुले फाइनलमा आयोजक जर्मन खेलाडीलाई ८–० ले हराएको मन्डेले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । त्यसअघि अनुले क्वार्टरफाइनलमा युक्रेनकी खेलाडीलाई २–१ ले र सेमिफाइनलमा ग्रीसकी खेलाडीलाई ७–३ ले हराइन् ।

त्यस्तै मलिकाले फाइनलमा जर्मन खेलाडीलाई २–१ ले हराइन् । त्यसअघि क्वार्टरफाइनलमा पोल्यान्डकी खेलाडीलाई २–० र सेमिफाइनलमा युक्रेनकी खेलाडीलाई हराइकी छिन् । मुकेन्द्रले फाइनलमा युक्रेनका खेलाडीलाई १ –० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । त्यसअघि उनले क्वार्टरफाइनलमा जर्मन खेलाडीलाई ६–० ले र सेमिफाइनलमा पोल्यान्डका खेलाडीलाई हराएका थिए ।

मन्डेकाजी आयोजक जर्मन खेलाडीसँग क्वार्टरफाइनलमा ३–२ ले पराजित भएपनि पदक जित्न सफल भए । रिप्याचर बाउटमा उनले युक्रनेका खेलाडीलाई हराउँदै पदक जितेका हुन् । चारै खेलाडीले बालकुमार क्लबबाट सहभागिता जनाएका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.