7 years ago
February 18, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड र नेपाल एपिएफ क्लब फेरि अर्को उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको आइतबार भएको सेमिफाइनलमा विजयी हुँदै न्यू डायमण्ड र एपिएफले एक अर्कासँगको भेट पक्का गरेका हुन् ।
नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा न्यू डायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा हराउदै अन्तिम दुईमा पुगेका थिए । गत महिना यी दुई टोलीबीच शिवम् डायमण्ड र चितवनमा मेयर कपको फाइनलमा प्रतिस्पर्धा भएको थियो । जसमा आयोजक समेत रहेको डायमण्डले शिवम् कप र मेयर कप एपिएफले जितेको थियो ।
न्यू डायमण्डले बंगलादेशको इफाट ग्रुपमाथी २५–६, २५–६ र २५–८ को सहज जित निकाल्यो । टोलीकी ओपन स्पाइकर मञ्जु गुरुङ वुमन अफ द म्याचबाट पुरस्कृत भइन् । नेपाली महिला भलिबलमा महत्वपूर्ण स्पाईकरको रुपमा लामो समय देखि खेल्दै आएकी मन्जु न्यू डायमण्डको दोश्रो ओपन स्पाईकरको भूमिकामा छिन् ।
सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी मन्जुले भनिन्–’मलाई कुमार गुरुले आफ्नो टिमको सदस्य बनेर खेल्न अनुरोध गर्नु भयो । आफ्नै भूमिमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिस गर्न चाहान्नथे,त्यसैले शिवम् न्यु डायमण्डको सदस्य बनेर खेलेकी हु । म पश्चिमाञ्चलको कप्तान हु, आफु सधै पश्चिमाञ्चलबाटै खेल्न रमाउछु । हाम्रो टिमका महत्वपूर्ण सदस्य अरुणा शाही,ममता डगौरा चोटका कारण टिमले सहभागिता जनाउन सकेन । अर्को प्रतियोगितामा पश्चिमाञ्चलको नेतृत्व गदै कोर्टमा उत्रिन आतुर छु ।’
सरस्वती चौधरी वुमन अफ द म्याच भएको अर्को सेमिफाइनल खेलमा एपिएफले पुलिस क्लबलाई २५–९, २५–१९, २५–२१ ले हरायो । बाँके जिल्ला भलिबल संघले आयोजना संचालन भएको प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]