9 years ago
January 11, 2016
संजय १ लाख सहयोग सहित सम्मानित उल्टो हिडेर अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा गत दिसेम्बरमा आरोहण गरेका कृतिमानी पर्वतारोही एबम धाबक संजय पण्डितलाई सोमबार पूर्व लेफ्टिनेन्ट कर्णेल प्रबल सम्शेर राणाले एक लाख सहित सम्मान गर्नु भएको छ |
नेपाल आर्मीको काली प्रसाद गण अंकित झन्डा संजयले अफ्रिकाको शिखरमा फर्फराएका थिए | उनलाई केहि दिन अगाडी उहाले उक्त झन्डा आरोहणमा फरफराउन प्रदान गर्नु भएको थियो | देशको नाम पर्बतोरोहण क्षत्र बाट संसार भर फैलाउन बिशेस भूमिका खेलेको हुनाले पण्डितको थप हौसला बडाउन सहयोग गर्नु भएको हो |
पण्डितले नेपाली पोशाक दौरा सुरुवाल ,भादगाउले टोपी लगाएर आधार सिबिर मरान्गु देखि अफ्रिकाकाको सर्बोच्च शिखर सम्म उल्टो हिडेर पुगेका थिए | पण्डितलाई सम्माननीए रास्ट्रपति बिध्या देबी भण्डारी तथा प्रधामन्त्री के पी शर्मा ओलीले सम्मान य्र्बम बधाई ज्ञापन गरिसक्नु भएको छ |पण्डित नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने बिश्व पर्वतारोहि हुन् | पण्डितले सगरमाथा ,प्राण घातक हिमाल मनास्लु ,जापानको फुजी ,युरोप ,अमेरिका लगाएत महादेशका हिमाल आरोहण गरिसकेका छन् |
पण्डितले गत वर्ष अस्ट्रेलियाको सर्बोच्च शिखर पनि उल्टो हिडेर आरोहण गरिसकेका छन् | उनले यूरोपको सर्बोच्च शिखर एल्ब्रुसको सिखरमा ६ मिनेट ०३ सेकेन्ड अर्ध नांगिएर पनि कृतिमान कायम गरिसकेका छन् |
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]