7 years ago
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा यसै साता हुने बर्लिन खुला कराते च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार र शनिबार हुने कराते च्याम्पियनसिपको ४ नेपाली खेलाडी चुनौति पेश गर्नेछन् ।
जसमा पुरुष एकल कातामा मन्डेकाजी श्रेष्ठ र ६७ केजीमा मुकुेन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । महिला ५० केजीमा अनु अधिकारी र ५५ केजीमा मल्लिका थापाले चुनौति पेश गर्नेछिन् । टोली बुधबार जर्मनीतर्फ जानेछ ।
टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मंगलबार बिदाइ गरे । टोलीका लागि हवाइ टिकट र ट्रयाकसुट प्यारागन पब्लिक स्कुलले प्रायोजना गरेको छ । बिदाइ कार्यक्रममै प्यारागनका प्रबन्ध निर्देशक साकिर उद्दिनले टोलीलाई टिकट र ट्रयाकसुट हस्तान्तरण गरे ।
सोही अवसरमा टोलीलाई नेपाल भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठले ब्याग, न्यातपोल क्लासिकका प्रोप्राइटर विष्णु श्रेष्ठले १५ हजार नगद र पाटनका महेन्द्र महर्जनले ट्रयाकसुट प्रदान गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]