7 years ago
February 13, 2018
भरतपुर (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ । शिवम् न्यू डायमण्ड काठमाडौंलाई ३–० को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक पहिलो सेटमा २९–२७ को जितेको एपिएफले त्यसपछिका दुई सेट २५–१६ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो । गत महिना एपिएफलाई हराउँदै न्यू डायमण्डले शिवम् न्यू डायमण्ड कप भलिबल उपाधि जितेको थियो ।
उपाधिसँगै एपीएफले २ लाख रूपैयाँ र न्यू डायमण्डले १ लाख रुपैयाँ प्राप्त गर्यो । नेपाल पुलिस क्लबले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ । अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१६, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको थियो । पुलिसले ५० हजार र आर्मीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
सरस्वती सर्वोत्कृष्ट
एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनल सवोत्कृष्ट खेलाडी भएवापत १० हजार रुपैयाँ प्राप्त गरिन् ।
न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, सोही क्लबकी कृपा अधिकारी उत्कृष्ट सर्भर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, एपिएफकी उषा विष्ट उत्कृष्ट ब्लकर, सोही क्लबकी मनीषा तामाङ उत्कृुष्ट डिफेन्डर घोषित भए । आर्मीकी निरुता ठकुन्ना प्रतिभावान खेलाडी घोषित भइन् । उत्कृष्ट र प्रतिभावान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]