default_image

7 years ago

February 12, 2018

मेयर कप भलिबल -चितवनमा पनि न्यू डायमण्ड र एपिएफ भिड्ने

142 views

0 Bookmark

चिवतन (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लब र काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताको उपाधिका लागि भिड्ने भएका छन् ।

पहिलो सेमिफाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफ २५–१४, २७–२५ र २५–१५ ले विजयी भएको थियो । सोमबार नै भएको दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्डले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब ३–० को सोझो सेट हराउँदै अन्तिम दुईमा पुगेको हो ।

डायमण्डले आर्मीलाई २५–१४, २५–१२ र २५–२१ ले पराजित गरेको थियो । राष्ट्रिय खेलाडी प्रतिभा माली र मञ्जु गुरुङसहित फर्ममा रहेका  खेलाडीका साथमा न्यू डायमण्ड निकै बलियो देखिएको छ । फाइनल खेल्ने दुवै टोली प्रतियोगिताका अपराजित टोली हुन् ।

उनीहरुले केही दिनअघि मात्रै काठमाडौंमा सम्पन्न न्यू डायमण्ड कप भलिबलमा पनि फाइनल खेलेका थिए । यसमा न्यू डायमण्ड नै विजयी भएको थियो । प्रतियोगिताको अधिकांश उत्कृष्ट विधामा डायमण्डका खेलाडीले ट्रफी जितेका थिए । फाइनल र तेस्रो स्थानको खेल मंगलबार हुनेछ ।

प्रतियोगिता विजेताले उपाधिसहित २ लाख रुपैयाँ, दोस्रो हुने टोलीले १ लाख, तेस्रो हुने टोलीले ५०, चौथो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० तथा विद्यागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिताको समापन मंगलबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने आयोजक भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.