7 years ago
February 11, 2018
चितवन (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसहित काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । समूह ‘ए’ बाट नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी तथा ‘बी’ बाट न्यू डायमण्ड र नेपाल पुलिस अन्तिम चारमा पुगेका हुन् ।
समूह चरणमा एपिएफ र न्यू डायमण्ड अपराजित रहे । एपीएफले समूह चरणका तीनै खेलमा सहज जित हात पार्दा न्यू डायमण्डले खेलेका दुवै खेलमा जित निकाल्यो । एपीएफले आर्मी, बंगलादेश र चितवन टाइगर्सलाई हराउँदा उही समूहको आर्मीले चितवन र बंगलादेशलाई जितेपनि एपिएफसँगको खेल बचाउन सकेन ।
अर्को समूहको न्यू डायमण्डले नेपाल पुलिस र भारतको हरियाणा पुलिस टिम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपाल पुलिसले भने हरियाणालाई ३–१ ले जित्यो । तर, बंगलादेशको ईफात र भारतको हरियाणा पुलिस समूह चरणका सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिए । गृह जिल्ला चितवको चितवन टाइगर्सले भने एक जित र दुई हार व्यहो¥यो । उसले बंगाली टोलीविरुद्ध २५–१६, २५–२४ र २५–२२ को जित निकाल्यो ।
अब सोमबार हुने सेमिफाइनलमा एपिएफले पुलिसको सामना गर्नेछ भने शिवम् न्यू डायमण्डले दिउँसो नेपाल आर्मीसँग भिड्नेछ । समूह चरणको सबै खेल आइतबार सकिएपछि सोमबार दुई सेमिफाइनल र मंगलबार तेस्रो स्थान र उपाधि भिडन्त दुवै गरिने प्रचारप्रसार संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगितामा रोमाञ्चकारी महिला भलिबलसँगै सांस्कृतिक कार्यक्रम र खेलकुदका सामग्रीसहितको स्टलको अवलोकन पनि गर्न पाइने प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
प्रतियोगिता हेर्नलाई अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ । त्यसमा बस्नका लागि ५०, १०० र २०० का टिकट व्यवस्था गरिएका छन् । प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]