default_image

7 years ago

February 10, 2018

माउण्ट अन्नपूर्ण ह्याण्डबल प्रतियोगिता सुरु

93 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखराको पहिलो निजी विद्यालय माउण्ट अन्नपूण मा.वि.नदिपुर द्व्रारा आयोजित तेस्रो यू–१४ अन्तर विद्यालय ह्याण्डबल प्रतियोगिता शनिबार सुरु भएको छ । छात्र तर्फ उद्घाटन खेलमा न्यू ग्यालेक्सी माविले लिट्ल स्टेप माविलाई १२–१० ले हरायो ।

छात्र तर्फकै खेलमा आयोजक माउन्ट अन्नपूर्ण मा.वि.(ए) ले गण्डकी बोर्डिङ स्कुललाई ८–४ ले, जनप्रिय मा.वी.ले श्रृजना मावि.लाई ११–३ ले, लिट्ल स्टेप मावि.ले माउन्ट अन्नपूर्ण मा.वि. (बि) लाई १८–१३ ले हरायो ।

त्यस्तै माउन्ट अन्नपूर्ण मा.वि. (ए) ले बाल प्रभात मावि.लाई २१–६ गोल अन्तरले पराजित गरेको छ । छात्र तर्फको खेलमा श्रृजना मावि.र वेल नन माविबीचको खेल ६—६ गोल अन्तरमा सकिएको छ । न्यू ग्यालेक्सीले माउन्ट अन्नपुर्ण (बि) लाई ७–६ गोल अन्तरले पराजित गरेको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगर पालिका वडा नं ३ का वडा अध्यक्ष रविन्सन प्रजुले आप्mनो वडा भित्र माउन्ट अन्नपूर्ण मावीले पठन पाठनमा मात्र नभइ विद्यार्थीको चौतर्फी विकासका लागि आवस्यक अतिरिक्त कृयाकलापमा समेत उत्तिकै ध्यान दिएको भन्दै प्रशंसा गरे । उनले स्वच्छ र स्वस्थ्य वडा नं.३ बनाउने आप्mनो अभियानमा विद्यालय संग सहकार्य गर्न आफु इच्छुक रहेको समेत बताए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य तेज बहादुर गुरुङले खेलमा हार जित भन्दा पनि सहभागिता र स्वच्छ खेल प्रर्दशन गर्नु महत्वपूर्ण रहेको बताए । विद्यालय ब्यवस्थापन सिमितिका अध्यक्ष चिजकाजी गुरुङ र प्रतियोगिताका संयोजक गिरी प्रसाद गुरुङले विद्यालयमा खेलको महत्व बारे प्रष्टाएका थिए । प्रतियोगितामा निजि तथा सामुदायिक विद्यालय तर्फ छात्र १२ र छात्रा १० गरी कुल २२ टिम सहभागी भएका छन् । प्रतियोगिता फागुन १ गते सम्म संचालन हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.