7 years ago
February 10, 2018
चितवन (हाम्रो खेलकुद)– चितवनको पटिहानीमा प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता–२०७४ आजबाट सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको पहिलो दिनको खेलमा न्यू डायमण्ड, नेपाल आर्मी र एपीएफ विजयी भएका छन् । पहिलो खेलमा बलियो मानिएको शिवम न्यू डायमण्डले भारतको हरियाणा पुलिसको महिला टिमलाई ३–० को सेटमा सजिलै पराजित ग¥यो । पहिलो सेटमा २५–२० को जित हात पारेको डायमण्डले दोस्रोमा २५–७ र तेस्रो सेटमा २५–१५ को जित हात पा¥यो ।
समूह ‘बी’ मा रहेको डायमण्डलाई दोस्रो चरण प्रवेशका लागि उत्कृष्ट सफलता मिलेको छ भने हारले हरियाणाको खतरा बढेको छ । समूह ‘बी’मा तीन टिम छन् । अर्को खेलमा आइतबार बिहान ९ बजे हरियाणाले नेपाल पुलिस क्लबको सामना गर्ने प्रचारप्रसार संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
समूह ‘ए’ कोे अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले इफ्याट बंगलादेशलाई ३–० को सेटमा पराजित गरे । बलियो एपीएफसमक्ष बंगलादेशी टिम निरीह देखियो । एपीएफले बंगलादेशमाथि २५–६, २५–७ र २५–७ को जित दर्ता गरायो । शनिबार नै भएको अर्को खेलमा गृहजिल्लाको टिम चितवन टाइगरलाई अर्को विभागीय टिम नेपाल आर्मीले सोझो सेटमा नै पराजित ग¥यो । समूह ‘बी’ को यो खेलमा आर्मीले २५–१२, २५–१५ र २५–१० को जित निकाल्यो ।
प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, नेपाल आर्मी, चितवन टाइगर र बंगलादेश छन् ।
दुई समूहबाट दुई–दुई टोलीलाई सेमिफाइनलमा लगिने म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले जानकारी दिए । भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिता आगामी फागुन १ गते महाशिवरात्रिको दिनसम्म सञ्चालन गरिने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]