7 years ago
February 10, 2018
दिपक न्यौपाने
बुटवल – बुटवलमा अर्को महिना खुल्ला लन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । बुटवल लन टेनिस क्लबको आयोजनामा फागुन ११ गते १५ गतेसम्म प्रतियोगिता आयोजना हुने आयोजक बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिए ।
बुटवलमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले ९० प्रतिशत भन्दा बढि खेलाडी जिल्ला बाहिरबाट रहने बताइएको छ । विभिन्न उमेर समूहमा खेलाइने खेलमा पुरुष सिङ्गलतर्फको विजेताले ५५ हजार ,दोस्रोले २५ हजार तथा तेस्रोले १० हजार प्राप्त गर्नेछन ।
यस्तै महिला सिङ्गलतर्फ पहिलो हुनेले पनि ५५ हजार ,दोस्रोले २५ तथा तेस्रोले १० हजार प्राप्त गर्ने अध्यक्ष ज्ञवालीले बताए । यस्तै भेट्रान (३५) सिङ्गलतर्फको बिजेताले ४५ हजार ,उपबिजेताले २५ तथा तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन ।
यस्तै भेट्रान (४५) सिङ्गलतर्फको बिजेताले पनि क्रमश ३५,२० र १० हजार नगद प्राप्त गर्नेछन । एन्फा टेक्निकल सेन्टर देबिनगरमा रहेको कोर्टमा सन्चालन हुने खेलमा भेट्रान (५५) सिङ्गलतर्फ को विजेताले पनि ३५ ,२० र १० हजार रुपैयाँ प्राप्त गर्ने लन टेनिस सघं रुपन्देहिका सचिव समेत रहेका ज्ञवालीले जानकारी दिए ।
प्रतियोगित सन्चालन कुल १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समिती रुपन्देहिका अध्यक्ष योग गुरुङले स्थानियको सहयोग र खेलकुदप्रेमीको मायाका कारण बुटवलमा खेलकुदका गतिविधी बढ्दै गएकोमा खुसी ब्यक्त गरे । नेपाल पत्रकार महासघं रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले पत्रकारिताको माध्यमबाट खेलकुदको बिकास सम्भव रहेको भन्दै लन टेनिसजस्ता सम्भावना रहेका खेललाइ अगाडी बढाउन सबैको पहलकदमी रहनुपर्नेमा जोड दिए ।
खेलाडी उत्पादन गर्दै बुटवल लन टेनिस क्लब
रुपन्देहीको टेनिसमा पहिलो क्लबका रुपमा दर्ता भएको यस क्लबले स्थानीय खेलाडीहरुलाइ प्राथमिकता दिएको छ । आफ्नै क्लबका सदस्यहरुको आर्थिक सहयोगमा करिब १० लाख रुपैयाँ खर्च गरेर क्लबले प्रदेशमै लन टेनिस कोर्ट निर्माण गरेको छ ।
क्लबका सचिव उत्तम प्रधानले दिएको जानकारी अनुसार स्थानियस्तरमा खेलाडीलाइ प्रोत्साहन गर्नका लागी पनि विभिन्न सिनियर र जुनियर प्रतियोगिता सन्चालन भइरहेका छन् । हाल विभिन्न विधालयका गरी २५ जना खेलाडीहरुलाइ प्रशिक्षण दिइएको छ । राष्ट्रिय खेलाडी विकास खड्काले क्लबमा प्रशिक्षण दिइरहेका छन् ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]