default_image

7 years ago

February 5, 2018

ओलम्पियन विष्टको स्पोर्टस् युनिभर्स डेडुको आधिकारिक विक्रेता

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन दीपक विष्टले सञ्चालन गर्दै आएको स्पोर्टस् युनिभर्सले तेक्वान्दो, कराते र जुडोका खेल सामाग्री र खेल पोशाक निर्माण कम्पनी डेडुको आधिकारिक विक्रेता प्राप्त गरेको छ ।

तेक्वान्दो, कराते र जुडोको अन्तर्राष्ट्रिय महासंघले डेडुले उत्पादन गरेका खेल पोशाकलाई मात्र स्वीकृति प्रदान गरेको छ । यी तीन खेलका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा डेडुले उत्पादन गरका खेल पोशाक र खेल सामाग्री मात्र प्रयोग गर्नुपर्नेछ ।

नेपालमा मार्सल आर्टस् र त्यसमा पनि यी तीन खेलाडीका खेलाडीको संख्या बढी रहेकोले डेडुको आधिकारिक विक्रेता लिएको विष्टले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए ।

‘तेक्वान्दो, करोते र जुडोका खेलाडीले डेडुकै खेल पोशाक र अन्य सामाग्री प्रयोग गर्नुपर्ने भएपछि हामीले डेडुको सामान ल्याएका हौं,’ विष्टले भने, ‘यसले खेलाडीलाई खरिदका लागि सहज पर्ने हाम्रो विश्वास छ । यी पोशाक धेरै महंगो पनि छैन ।’

यी तीन खेलका लागि आवश्यक सबै खेलसामाग्री पनि बानेश्वर (शंखमुल रोड) स्थित स्पोर्टस युनिर्भसमा उपलब्ध रहेको विष्टले बताए । डेडुका अन्य उत्पदान ट्रयाकसुट, सिटसर्ट, स्पोर्टस सुज, ब्याग, ज्याकेटलगायतका सामग्री स्पोर्टस् युनिभर्समा पाउन सकिने बताइएको छ ।

चार वर्षअघि सुरु भएको स्पोर्टस् युनिभर्समा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलगायत अधिकांश खेलका खेल समाग्री र खेल पोशाक सुपथ मुल्यमा होलसेल र खुद्रामा विक्रि गरिदै आएको विष्टले जनाएका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.