default_image

7 years ago

January 29, 2018

प्रधान सेनापति तेक्वान्दोमा विजेश्वरी ‘ए’ च्याम्पियन

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको ए टिम १० स्वर्ण सहित प्रथम प्रधान सेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । विजेश्वरीले १ रजत र १ कास्य पदक समेत जितेको थियो ।

२ स्वर्ण र १ कास्य पदकका साथ आदर्श योग हरी मा.वि. लैनचौर दोस्रो र १ स्वर्ण, १ रजत र ३ कास्य पदक जित्दै कौशल इङ्लिस बोर्डिङ स्कूल तेस्रो स्थानमा रह्यो । स्वयम्भुस्थित महाविद्यालयमा ३ दिनसम्म भएको प्रतियोगितामा विजेश्वरीकी योगमाया श्रेष्ठ सिनियर तर्फ र अर्लि चाईल्डहुड डेभलपमेन्ट सेन्टरकी सुरिता जैसी जुनियर तर्फको उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिता अन्तर्गत फाइटतर्पm विजेश्वरीकी दक्षिणा भुजेलले २० केजी मुनि, विनिशा राईले २४ केजी मुनि, करुणा श्रेष्ठले २७ केजी मुनि करूणा श्रेष्ठ, सिमाता थापा मगरले ३० केजी मुनि, सरिष्मा शाहले ४० केजी मुनि स्वर्ण पदक जिते ।

त्यस्तै विजेश्वरीलाई स्वर्ण पदक दिलाउने ४२ केजी मुनि सदिक्षा कार्की, ४४ केजी मुनि सरिता रूवाली, ४६ केजी मुनि योगमाया श्रेष्ठ, ४९ केजी मुनि सीमा श्रेष्ठ, ५७ केजी मुनि आकृति कुँवरले रहेका छन् ।

३३ केजी मुनि आदर्श योग हरी मा.वि. लैनचौरकी सुविना खड्गी, ३६ केजी मुनि कौशल ई.बोर्डिङ स्कूल, मनमैजुकी सुमिष्ता तामाङ, ५३ केजी मुनिमा आदर्श योग हरी मा.वि. लैनचौरकी शुष्मा गुरूङले स्वर्ण जिते ।

त्यस्तै पुम्सेतर्फ सिङ्गल पुम्सेमा माईती नेपाल, गौशालाकी प्राश्ना खड्काले स्वर्ण हात पारिन् । आदर्श योग हरी मा.वि. लैनचौरकी समन्ना खड्गीले रजत र विजेश्वरीकी रिता श्रेष्ठ र सैनिक आवासीय महाविद्यालय, भक्तपुरकी गोभिना थापा मगरले कास्य पदक प्राप्त गरे ।

ग्रुप पुम्सेमा विजेश्वरीका रोषनी श्रेष्ठ, सरिता गुरूङ र हेमकला मगरले स्वर्ण हात पारे । विजयी खेलाडी र टीमलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार वितरण गरे । उपत्यका भित्र र बाहिरका गरी १९ वटा विद्यालयका १ सय ५० जना छात्राले प्रतियोगितामा भाग लिएका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.