7 years ago
January 27, 2018
दीपक न्यौपाने
बुटवल – बुटवल उप महानगरपालिकाको २५ वर्षे रणनीतिक योजना बनाउने गरि योग गुरुङको संयोजकत्वमा खेलकुद क्षेत्र विज्ञ उपसमिति गठन भएको छ । उपमहानगरपालिको हलमा भएको छलफलले खेलकुदको विकास गर्दै दीर्घकालिन योजना बनाउने लक्ष्यसहित गुरुङको संयोजकत्वमा दुईजना अध्ययनकर्ताहरु रहने गरि प्रारम्भिक टोली गठन भएको हो ।
जसको अध्ययनकर्ताहरु विष्णु कुमार श्रेष्ठ र दीपक न्यौपाने रहेका छन् । उप महानगरपालिकाले बनाउने अल्पकालिन र दीर्घकालिन योजना तर्जुमामा टोलीले अध्ययन गरेर सुझावहरु दिने छ । बुटवलमा संचालन हुने विभिन्न खेलकुद गतिविधिहरुलाई समेत ब्यवस्थापन गर्दै बजेट विनियोजनामा समेत टोलीको सुझाव महत्वपूर्ण हुने छ ।
कार्यक्रममा खेलकुद क्षेत्र विज्ञ उपसमितिका सदस्य सचिव सितु प्रसाद श्रेष्ठले नगरस्तरीय अल्पकालिन र दीर्घकालिन योजना बनाउन सहयोगका निम्ति सल्लाहकार समितिका रुपमा टोली गठन गरिएको बताए । रुपन्देही जिल्ला खेलकुद समितिका अध्यक्ष योग गुरुङले खेल क्षेत्रमा आर्थिक समस्या सम्बोधन गर्न जरुरी रहेको समेत बताए ।
पश्चिमाञ्चल भलिबल संघका उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले सबै खेललाई समेटेर अघि लैजानुपर्ने सुझाव दिए । रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसी देविनगरलाई नै खेलग्रामको रुपमा विकास सुझाव दिए । नेपाल सितोरियो कराते–डो, रुपन्देहीका अध्यक्ष उमेश थापाले विद्यालयस्तरमा नै प्रशिक्षकको ब्यवस्था गरि खेलाडी उत्पादनमा लाग्नुपर्ने बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]