7 years ago
January 25, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ अन्तर्गत प्रदेश नं ७ मा तेक्वान्दो संघ गठन भएको छ । नेपाल तेक्वान्दो संघको पछिल्लो साधारण सभाले नयाँ संविधानअनुकुल हुने गरि प्रदेश सभामा संघ विस्तार गर्ने निर्णय गरे अनुरुप प्रदेश संघको तदर्थ समिति गठन भएको हो ।
प्रदेश समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल, केशव भट्ट, शक्ती पन्त विष्ट र सुनिल थापा रहेका छन् । थर्कवहादुर शाह महासचिवमा, कटक सिंह सचिवमा मोहन प्रताप गुरुङ र कोषाध्यक्षमा नवीन जोशी र सह कोषाध्यक्षमा दिपेन्द्र कुँवर चयन भएका छन् ।
त्यस्तै संघको सदस्यमा शेरवहादुर सिंह, सरोज चौधरी, चेतराज जोशी, उपेन्द्र विष्ट, शिवराज भट्टराइर्, तारक वुढाऐर, धर्मपाल रावत छन् । सुनिल शर्मा, उत्तम भट्ट, खेमराज भट्ट, योगेन्द्र गिरी, आवेश चन्द, गणेश मलासी, कविस अग्रवाल, जेपी चन्द, किसनसिंह भण्डारी र वेदप्रसाद चौधरी सदस्य छन् । ५ सदस्यीय सल्लाहकार समिती सहित प्राविधिक सल्लाहकार, कानुनी सल्लाहकार समिति चयन गरिएको थापाले जानकारी दिए ।
कीर्तिमानी दीपक विष्ट जन्माएको क्षेत्र नं ७ पछिल्लो समय तेक्वान्दोमा केही कमजोर जस्तो देखिएपनि आउने दिनमा यसको विकासमा लागि पर्ने अध्यक्ष थापाले बताए । उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा हामी केन्द्रित हुनेछौं ।’
कीर्तिमानी दीपकको खेल जीवनका मुख्य गुरु गोविन्द सिंह विष्टको समेत उपस्थिति रहेको प्रदेश संघ गठन भेलामा दीपकका अर्का गुरु केशव भट्ट उपाध्यक्ष बनेका छन् । दक्षिण एसियाली खेलकुदमा लगातार ४ स्वर्ण तथा एसियाली खेलकुदमा २ कास्य पदक जितेका दीपक तेक्वान्दो संघका केन्द्रिय सचिव हुन् । तेक्वान्दो संघको मताहतमा रहने गरि केहि महिना अघि प्रदेश नं ३ को संघ गठन भएको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।