7 years ago
January 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको अन्तर क्लब महिला स्क्वाट प्रतियोगिता हुने भएको छ ।
जस्मिन फिट्नेस सेन्टर र आइडियासप मिडिया इन्टरटेनमेन्ट प्रालिले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगिता आगामी मार्च ६–७ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हुनेछ । सन् २०१६ बाट सुरु भई तेस्रो संस्करणसम्म आई पुग्दा यो प्रतियोगिता प्रति सबैको चासो बढेको पहिलो संस्करणको विजेता कृषा श्रेष्ठले बताइन् ।
प्रतियोगिताको पहिलो चरणको खेल जस्मिन फिट्नेस सेन्टरमा हुनेछ । दोस्रो चरणको खेल भने हेरिटेज गार्डेन सानेपामा हुनेछ । प्रतियोगितामा १ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ । प्रतियोगिता ६० केजी तौल समूह मुनि र माथि गरि दुई विधामा हुनेछ । विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार नगद प्राप्त गर्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]