7 years ago
January 13, 2018
काठमाडौं(हाम्रो खेलकुद) – अमन कार्कीले प्रथम अल नेपाल खुला स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । ‘बेस्ट अफ थर्टिन’ को फाइनलमा अमनले सोनाम लामालाई ७–३ को फ्रेममा पराजित गर्दै उपाधि जितेका हुन् ।
पोट ब्ल्याक स्नुकर क्लबको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा दीपक थापा मगर र दिपजल ढुंगानाले तेश्रो स्थानमा चित्त बुझाए । अमन ‘हायेस्ट ब्रेकर’ पनि बने । उनले ७२ अंकको ‘हायेस्ट ब्रेक’ गरे ।
जितसँगै अमनले नगद १ लाख रुपैया प्राप्त गरे । दोस्रो भएको सोनामले ५० हजार रुपैयामा चित्त बुझाए भने सेमिफाइनलमा पराजित भएका दीपक थापामगर र दिपजल ढुंगानाले समान १५ हजार प्राप्त गरे । हाइयेष्ट ब्रेकर बनेका विजेता अमनले थप १० हजार रुपैया प्राप्त गरे ।
पुस १५ गतेबाट शुरु भएको प्रतियोगितामा पुस २९ गतेसम्म चल्ने प्रतियोगितामा १ सय १५ पुरुष खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]