7 years ago
January 13, 2018
धनगढी (हाम्रो खेलकुद)– ओलम्पियन तेक्वान्दोका दीपक विष्ट गृह नगर धनगढीमा सम्मानति भएका छन् । धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइतलका दौरान शनिबार विष्ट सम्मानित भएका हुन् ।
खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमाल, उपाध्यक्ष गजेन्द्र शाही, सचिव योगेन्द्र चन्द, अखिल नेपाल फुटबल संघ (एन्फा)का गणेश चन्द, कैलाली जिल्ला खेलकुद विकास दीपक सिंहलगायतले सम्मान गरेका दिए । गोल्ड कप आयोजनामा समेत सहयोगी भूमिका निर्वाह गरेका दीपकलाई ८ किलोको माला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मानपछि बोल्दै दीपकले आफु सुदूरपश्चिमको खेलकुद विकासका लागि लागि पर्ने वचन दिए । ‘सुदूरपश्चिम खेलाडी उत्पादका लागि उर्वर भूमि हो,’ धनगढी चटकपुरका स्थायी बासिन्दा समेत रहेका उनले भने, ‘तर, खेलकुद विकासका लागि भौतिक पूर्वाधार निर्माण हुन उत्तिकै जरुरी छ । धनगढी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य खेलकुदका पूर्वाधार निर्माणका लागि म आफ्नो ठाँउबाट पहल गर्नेछु ।’
२०५१ मा धनगढीबाट खेल जीवनको सुरुआत गरेका दीपक देशका लागि दक्षिण एसियाली खेलकुद (साग) मा लगातार ४ वटा स्वर्ण पदक जित्ने एक्लो नेपाली खेलाडी हुन् । उनले नेपालमा सन् १९९९ मा आयोजना भएको आठौं देखि ११ औं सागसम्म स्वर्ण पदक जितेका थिए । त्यस्तै उनले २००२ बुसान र २००६ दोहा एसियाली खेलकुदमा कास्य पदक जितेका थिए । छनोट चरण पार गरेर २००८ को बेजिङ ओलम्पिक खेलेका दीपक अहिले नेपाल तेक्वान्दो संघका सचिव र प्रशिक्षक पनि हुन् ।
आजको खेल जित्दै त्रिभुवन आर्मी क्लब खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आयोजक सुदूरपश्चिम ११ र नेपाल एपिएफ मध्ये एकसँग आर्मीले फाइनल खेल्नेछ । आर्मीले यो वर्ष ३ वटा नकआउट उपाधि जितिसकेको छ । खप्तड विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]