default_image

7 years ago

January 11, 2018

विपक्षी नभएपछि दुई खेलाडीलाई स्वतः स्वर्ण

71 views

0 Bookmark

अमृत चिमरिया
हेटौंडा– राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता हेटौडामा बिहीबार सुरु भएको छ । पहिलो दिन दुई महिलातर्फका दुई स्वर्ण पदकको छिनोफानो भएको छ । ६९ केजी तौल समूहमा झापाकी सदिक्षा राई र ४५ केजी तौल समूहमा सुनसरीकी आशाकुमारी खत्वले स्वर्ण पदक जितेका छन् ।

उनीहरुले आफ्नो तौल समूहमा अन्य खेलाडी नभए पछि स्वतः स्वर्ण पदक पाएका निर्णायक विद्यासागर पोखरेलले जानकारी दिए । अन्य तौल समूहमा बिहिबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । दुई दिन सम्म चल्ने प्रतियोगितामा त्रिभुवन आर्मीसहित १९ जिल्लाबाट ४५ पुरुष र १७ महिला खेलाडीले विभिन्न तौलसमूहमा खेलेका छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.