7 years ago
January 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा विभागीय टोलीका खेलाडीको दबदबा कायम रहेको छ । ३९ औं राष्ट्रिय प्रतियोगिताको समेत रहेको प्रतिस्पर्धाको दोस्रो दिन बिहीबार भएको डबल्स तर्फको इभेन्टमा विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ जिल्लाका प्रतिद्वन्द्वीमाथि हावी रहे । दिनको अन्त्यतिर भएको पुरुष र महिला सिंगल्समा पनि विभागीय खेलाडीले जित हासिल गरेका छन् ।
मिक्स डबल्समा आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङ, प्रहरीका दीप साउन र नविता श्रेष्ठ, एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल, एपीएफकै अमरलाल मल्ल र सेलिशा खड्गीको जोडी अन्तिम आठमा प्रवेश गरेका छन् । त्यस्तै प्रहरीका श्यान्टु श्रेष्ठ र एलिना महर्जन, आर्मीका कृष्ण थापा मगर र दीक्षा तामाङ, सुनसरीका गणेश तामाङ र रुपा लिम्बू तथा सुनसरीका राजन सुब्बा र गीता भुजेलको जोडी क्वाटरफाइनल पुगे ।
पुरुष डबल्समा प्रहरीका विनेश खनियाँ र प्रदीप रोका, प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउन , मोरङका सन्तोष काफ्ले र प्रवेश न्यौपाने, आर्मीका कृष्ण थापा मगर र नारायण घिमिरेको जोडी अन्तिम आठमा पुग्यो । त्यस्तै एपीएफका अमरलाल मल्ल र पुरुषोत्तम वज्राचार्य, ललितपुरका रितिज जोशी र विपुल महर्जन, धनुषाका नवीनबहादुर सिंह र दीपकबहादुर सिंह तथा भक्तपुरका विवेक कवान र रजोजमान थाकुको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।
महिला डबल्समा नेपाल प्रहरीका एलिना महर्जन र नविता श्रेष्ठ, आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जन, प्रहरीका सोनु थापा मगर र मन्जु सुवाल, एपीएफका सेलिाशा खड्गी र सिक्का सुवालको जोडी अघि बढेको छ । आर्मीका दीक्षा दाहाल र दीक्षा तामाङ, सुनसरीका गीता भुजेल र रुपा लिम्बू, रुपन्देहीका अमृता थापा र गीता अर्याल तथा ललितपुरका अनुष्का प्रसाईं र लस्ता महर्जनको जोडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]