7 years ago
January 11, 2018
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाको अध्यक्षमा राजन दाहाल सर्वसम्मत चयन भएका छन् । हेटौंडामा भएको खेल पत्रकारिता तालिका दौरान बिहीबार भएको भेलालले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मचले चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा सुुवास विडारी, सचिव गणेशदर्पण अधिकारी, कोषाध्यक्ष पुष्पराज अधिकारी र सहसचिवमा सुदिप सिवाकोटी चुनिए ।
सदस्यमा धर्मेन्द्र दाहाल, विश्वराम अधिकारी, नविन तिमल्सिना, किरण पौडेल , प्रमोद अर्याल, अमृत चिमोरिया छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्य, खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिना, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गी, उपाध्यक्ष विशाल घोष र महासचिव सविन न्यौपाने लगायतको उपस्थिति थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]