7 years ago
January 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले ३९ औं हुआवे राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला र पुरुष दुवै टिम इभेन्टमा स्वर्ण पदक जितेको छ । राखेप च्याम्पियनसिप अन्तर्गतको प्रतियोगितामा पुलिसले दुवैतर्फ फाइनलमा छुट्टाछुट्टै विभागीय टोलीलाई पराजित गर्दै उपाधि जितेको हो ।
फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई ३–० ले पाखा लगाएको पुलिसले महिलातर्फ भने एपीएफसँग ३–२ को प्रतिस्पर्धात्मक खेल खेल्यो । पुरुषतर्फ पुलिसका लागि नम्बर १ स्यान्टु श्रेष्ठले चन्दन शाहीलाई ११–४, ११–५,११–५ को सोझो सेटमा पराजित गरे । दिप सावन र विनेश खनियाले पनि सोझो सेटमै जित हात पारे ।
महिलातर्फ नविता श्रेष्ठले दुवै खेल जितेपछि पुलिसको जित सम्भव भएको थियो । नेपाल नम्बर १ खेलाडी नविताले सिक्का सुवाल र सेलिषा खड्गीलाई पराजित गरेकी थिइन् । पुलिसको लागि तेस्रो जित भने एलिना महर्जनले हात परिन । उनले सिक्क सुवाललाई ११–७, ११–६, १२–१० को स्कोरले हराइन् । एपीएफका लागि सेलिशा खड्गी र अनिता महर्जनले १-१ खेल जितेका थिए ।
प्रतियोगिताको दोस्रो दिन सिंगल्स तर्फका खेल हुनेछ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा ३ सय खेलाडीको सहभागी रहेको छ । प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]