7 years ago
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई विश्वमा नै सर्वाधिक विक्री हुने चाईनिज ब्राण्डको हुवाई मोवाईलले साथ दिने भएको छ ।
प्रायोजन सम्वन्धी सम्झौता पत्रमा हुवाईका जोयस झु (झु जियोङ), नेपालका लागि हुवाईका आधिकारिक विक्रेता कल मोविलिटीका कार्यकारी निर्देशक पुलकित भिमसरिया र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले संयुक्त हस्ताक्षर गरे ।
सभ्झौता पश्चात उक्त प्रतियोगिताको नाम राखेप च्याम्पियनसिप अन्तर्गत ३९ औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईयो । हुवाईका आधिकारीक विक्रेता कल मोविलिटीले प्रतियोगितालाई प्रायोजन गरेबापत नगद ५ लाख प्रदान गर्ने सम्झौता पत्रमा जनाइएको छ ।
प्रतियोगिताका लागि आवश्यक २३ लाखमा राष्ट्रिय खेलकुद परिषदले १० लाख प्रदान गरेको र प्रायोजन बापत प्राप्त ५ लाख गरि १५ लाख भएको र अपुग रकम संघ आफैंले व्यहोर्ने अध्यक्ष वैद्यले पत्रकार सम्मेलनमा जानकारी गराए । खेलाडीहरुको खाने, बस्ने र आउनेजाने भाडा संघले व्यहोर्ने समेत अध्यक्षले जानकारी गराए ।
प्रतियोगिता लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा पुस २६ देखि २९ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा महिला पुरुष टिम ईभेन्टस्, महिला पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा गराइने टेक्निकल टिम संयोजक एवं अखिल नेपाल टेबलटेनिस संघका महासचिव शंकर गौतमले जानकारी गराए ।
प्रतियोगितामा ४५ टिमका करिब ३०० खेलाडीहरुले ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । यस च्याम्पियनसिपबाट १६–१६ महिला तथा पुरुष खेलाडी राष्ट्रिय टिमको लागि छनोट गरिने संघका महासचिव शंकर गौतमले जानकारी गराए ।
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता यसै साता हुने भएको छ । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको आइतवार पत्रकार सम्मेलनमार्फत संघकी महासचिव सुवर्ण श्रेष्ठलेजानकारी गराइन् । प्रतियोगिता ललितपुरको च्यासल फुटबल […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]