7 years ago
January 6, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेको छ । पोखरामा शनिबार सम्पन्न भएको आज भएको फाइनलमा घरेलु समर्थकको साथ पाएको पश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई २९–२५ ले हरायो । पुरुषतर्फको प्रतियोगिता १८ औं राष्ट्रिय प्रतियोगिता समेत रहेको थियो ।
दर्शकहरुको उल्लेखनिय सहभागिता माझ शनिबार पोखरा रंगशालामा सम्पन्न भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको फाइनलमा एपिएफले अर्को विभागिय टोली आर्मीलाई २४–१५ ले पराजित भएको थियो ।
प्रतियोगितामा हेमन्त थापा पुरुषतर्फ र एपिएफकी उमा राई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए । २८ गोल गरेकी आर्मी शान्तिकला राई महिलातर्फको सर्वाधिक गोलकर्ता रहिन् । ४८ गोल गरेका एपिएफका दीपकसिंह बोहरा सर्वाधिक गोलकर्ता रहे । आर्मी पुरुषतर्फ र मध्यपश्चिमाञ्चल महिलातर्फका अनुशासित टोली घोषित भए ।
एपिएफ पुरुष तर्फ तेश्रो भयो । एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ ले हराएको थियो । पूर्वाञ्चल महिला तर्फ तेश्रो भयो । पूर्वाअञ्चलले पश्चिमाञ्चललाई १८–१४ ले पराजित गरेको थियो । प्रतियोगिताको दुई विभाग र क्षेत्रिय टोली गरि ७ टोलीको सहभागिता थियो ।
दुवैतर्फको विजेताले ३० हजार, दोश्रो टोलीले २० हजार र तेश्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । दुई वर्षअघि पूर्वाञ्चलमा भएको सातौैं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फ आर्मी र महिला तर्फ एपिएफले उपाधि जितेका थिए ।
प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारी, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमितिका सदस्य तेज गुरुङ, संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष जंग बहादुर गुरुङ लगायतले पुरस्कृत गरे ।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना तथा हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा पुस १९ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]