7 years ago
January 5, 2018
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका दुवै टोली (महिला र पुरुष) पोखरामा जारी राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । महिलातर्फ अर्को विभागिय टोली नेपाल एपिएफ क्लबको सामना गर्ने आर्मीले पुरुषतर्फको उपाधिका लागि पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ ।
महिलातर्फको ९ औं राष्ट्रिय ह्याण्डबलको सेमिफाइनलमा एपिएफले पूर्वाञ्चललाई ३२–५ ले हराएको थियो । एपिएफका लागि उमा राईले १२ गोल गरिन् । उमा खेलको वमन अफ दी म्याच चुनिइन् । अर्को खेलमा शान्तिकला राईले २१ गोलको गरेपछि आर्मीले घरेलु टिम पश्चिमाञ्चलाई ३८–६ ले हरायो । शान्तिकला वमन अफ दी म्याच चुनिइन ।
पुरुषतर्फ १८ औं राष्ट्रिय ह्याण्डबलमा आर्मीले एपिएफ माथि २३–२२ ले हरायो । आर्मीका विकास राई म्यान अफ दी म्याच घोषित भए । अर्को सेमिफाइनलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३७–१७ ले पराजित गर्यो । पश्चिमाञ्चलका प्रेम गुरुङ म्यान अफ दी म्याच घोषित भए ।
नेपालह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना रहेको प्रतियोगितालाई हङकङ ब्यूटी इन्स्टच्युट प्रालिले मुख्य प्रायोजन गरेको छ । शनिबार हुने दुवैतर्फका फाइनलका विजेताले ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]