7 years ago
January 4, 2018
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनअन्तर्गत राष्ट्रिय ह्यान्डबल अन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लब , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र मध्यमाञ्चल सेमिफाइनलमा पुगेका छन् । पोखरा रंगशालामा जारी पुरुष १८ औं राष्ट्रिय प्रतियोगिता समेत रहेको ह्यान्डबलमा शुक्रबार सेमिफाइनलमा दुई विभागिय टोली आर्मी र एपिएफ तथा पश्चिमाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
नवौं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा शुक्रबारको सेमिफाइनलमा एपिएफ र पूर्वाञ्चल तथा आर्मी र पश्चिमाञ्चलबीच हुनेछ । आज भएको पुरुषतफउको खेलमा मध्य पश्चिमाञ्चलले सुदूर पश्चिमाञ्चललाई १४–९ले, पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३५–१० ले, आर्मीले मध्यपश्चिमाञ्चललाई ३६–१०ले हरायो । मध्यमाञ्चलले सुदूर पश्चिमाञ्चललाई २४–१४ ले र लिग चरणको अन्तिम खेलमा एपिएफले पूर्वाञ्चललाई ३७–७ ले हरायो ।
आज महिलातर्फका पनि ५ खेल भए । जसमा एपिएफले पश्चिमाञ्चललाई ३८–७, आर्मीले मध्यमाञ्चललाई २९–१, एपिएफले मध्य पश्चिमाञ्चललाई ३०–१ ले हरायो । पूर्वाअञ्चलले मध्यमाञ्चललाई २८–२ र लिगको अन्तिम खेलमा पश्चिमाञ्चलले सुदूर पश्चिमाञ्चललाई २१–० ले पराजित गर्यो ।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन भएको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]