default_image

7 years ago

January 3, 2018

पोखरामा ह्यान्ड बल सुरु, आर्मीको दोहोरो जित

82 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्र्तगत राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पोखरा रंगशालामा भएको १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम पश्चिमाञ्चलले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चलले विभागिय टोली नेपाल एपिएफलाई ३०–२२ गोल अन्तरले पराजित गरेको हो । खेलको दुई मिनेटमै एपिएफका गोल रक्षक राम बाबु यादयले रातो कार्ड पाए पछि मैदानबाट बाहिरिएका थिए ।


पुरुष तर्फको अन्य खेलमा त्रिभुवन आर्मी क्लबले दोहोरो जित हासिल गर्दा मध्यमाञ्चलले एक खेलमा जितेकोे छ । आर्मीले सुदुर पश्चिमाञ्चललाई ३८–१२ को फराकिलो गोल अन्तरले पराजित गर्यो । अर्का खेलमा मध्यमाञ्चलले मध्य पश्चिमाञ्चललाई २६–१४ ले हरायो । त्यस्तै आर्मीले मध्यमाञ्चललाई २८–७ ले पराजित गर्यो ।

नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना पोखरामा बुधबार देखि सुरु भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पहिलो दिनको खेलमा एपिएफ, पश्चिमाञ्चल, आर्मीले जित हासिल गरेका छन भने बुधबारको अन्तिम खेलमा मध्यमाञ्चल र सुदुर पश्चिमाञ्चलले ३–३ को बराबरी खेलेका छन् । एपिएफले सुदुर पश्चिमाञ्चललाई ४३–३ ले मश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई २१–३ ले, आर्मीले पुर्वाञ्चललाई २१–३ ले हरायो ।

विहिबार पनि लिग चरणका खेलहरु हुने भएको कास्की जिल्ला ह्याण्डबल संघका बरिष्ठ उपाध्यक्ष चित्र थापाले बताए । प्रबेश निशुल्क रहेको उक्त प्रतियोगिता भलिवल प्रशिक्षण केन्द्रको परिसरमा पुरुष तर्फ र रंगशालाको पुर्वपट्टिको भागमा महिला तर्फको खेल संचालन भएको छ ।
हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन भइरहेको प्रतियोगिताको दुवैतर्फ प्रतियोगितामा पाँच विकास क्षेत्र, एपिएफ नेपाली सेना गरि ७ टोलीको सहभागिता रहेको छ । पुस २२ गतेसम्म पोखरामा संचालन हुने प्रतियोगितामा दुवैतर्फका विजेताले समान ३०, दोस्रो हुनेले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ दक्षिण एसियाली खेलकुद (साग) खेलका लागि खेलाडी छनोट गरिने हुँदा यो प्रतिोगितालाई महत्वका साथ हेरेको छ । प्रतियोगिताका उत्कृष्ट महिला र पुरुष खेलाडीले वल्र्ड भिजन मोबइल प्राप्त गरे ।
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगिताको उद्घाटन गरे । गरेका हुन । मेयर जिसीले पोखराको खेलकुद पर्यटन विकासको लागि महानगरपालिकाले गुरु योजना बनाउने तयारी गरेको बताए । ‘पोखरा लेखनाथ महानगरपालिका पोखराको खेलकुद र पर्यटनको विकास गर्न चाहान्छ, हामीले ३३ वटै वडामा विभिन्न खेल पर्यटनको विकास गराउन चाहान्छौं’, उनले भने, ‘यसका लागि हामीले आगामी केहि महिनामा खेलकुदको गुरु योजना ल्याउदै छौं । खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरी स्वस्थ्यताको लागि घर घरमा खेलकुदको बारेमा सचेतना गराउने उनले बताए ।’

नेपाल ह्याण्डवल संघका अध्यक्ष तथा ओलम्पिक कमिटिका सदस्य तेज गुरुङले नेपालमा ह्याण्डवल खेलको धेरै सम्भावना रहेको बताए । साग खेलमा नेपालको सेमिफाईनलको स्थान रहेकोले यसको विकास गर्न सके पदकको आशा हुने उनले विश्वास व्यक्त गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.