default_image

7 years ago

January 2, 2018

ढोरपाटन भलिबललाई रेडबुलको मुख्य प्रायोजन

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन स्पोर्टस क्लबले हरेक वर्ष आयोजना गर्ने महिला भलिबल प्रतियोगितालाई गोर्खा ब्रुअरी अन्र्तगतको रेडबुलले मुख्य प्रायोजन गरेको छ ।


ढोरपाटन र रेडबुलबीच मंगलबार मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर भएको छ । क्लबका अध्यक्ष मनवीर छन्त्याल र गोर्खा ब्रुअरीका मार्केटिङ म्यानेजर इन्द्र रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता तीन वर्षको रहेको छ । प्रायोजनपछि रेडबुलले बार्षिक ११ लाखको दरले ३३ लाख क्लबलाई उपलब्ध गराउनेछ ।
यस्तै प्रतियोगितामा आइएमई अटोमोटिभ्स प्रालिले स्कुटी प्रायोजन गरेको छ । अटोमोटिभ्सले पाँच स्कुटर उपलब्ध गराउनेछ । त्यस्तै प्रतियोगितालाई सामाखुसी इंग्लिस बोर्डिङ स्कुलले सहप्रायोजन गरेको छ ।
रेडबुल र आइएमई अटोमोटिभ्स प्रालिले प्रायोजन गरेसँगै प्रतियोगिताको नाम ‘रेडबुल ढोरपाटन युएम महिला भलिबल डबल लिग च्याम्पियनसि’ भएको छ ।
गर्दै १३ औं संस्करणको महिला लिग माघ ४ देखि १९ गतेसम्म हुनेछ । नयाँ बसपार्कस्थित भलिबल कोर्टमा १६ दिनसम्म चल्ने प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ । पहिलो चरणको लिग खेलपछि शीर्ष ७ देखि ८ टोलीलाई दोस्रो चरणको लागि छनोट गरिने ढोरपाटन क्लबका अध्यक्ष मानबिर छन्त्यालले जानकारी दिए । डबल लिग खेलपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छन् ।
च्याम्पियनसिपमा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, टप्स हाई स्कुल, पुर्वान्चल क्षेत्रिय महिला भलिबल, पारामाउन्ट हाइ स्कुल, स्प्रिङडेल इंग्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास कमिटि, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहेको छ । यसपटक गत बर्षको विजेता रिड मोडल कलेजले सहभागिता जनाएको छैन । प्रतियोगितामा एक क्लबले ४ विदेशी खेलाडी राख्न पाउनेछ भने ३ खेलाडीले कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेतालाई १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेलाई ५० हजार, पाचौँ हुनेलाई ४० हजार,छैठौं हुनेलाई ३० हजार र सातौं हुने टिमलाई २० हजार नगद पुरस्कार राखिएको आयोजकले जानकारी गराएको छ ।
प्रतियोगितामा चार विधामा उत्कुष्ट हुने खेलाडीले युएम पावरम्याक्स स्कुटर समेत पाउनेछन् । बेष्ट प्लेयर , राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटर पाउनेछन् । त्यस्तै बेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।
यस्तै यो संस्करणमा एक दर्शकले समेत स्कुटर पाउने पत्रकार सम्मलेनमा क्लबका अध्यक्ष छन्त्यालले जानकारी दिए । अध्यक्ष छन्त्यालको अनुसार प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएका मध्ये एक दर्शकले लक्की ड्रबाट स्कुटर जित्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट मोबाइल पाउनेछन् ।
यसैबीच प्रतियोगिता सञ्चालनको लागि नेपाल भलिबल संघले क्लबलाई बल र नेट प्रदान गरेको छ । भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले बल र नेट ढोरपाटन क्लबका अध्यक्ष छन्त्याललाई हस्तान्तरण गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.