default_image

7 years ago

December 31, 2017

सुरेन्द्रलाई फक्सवागन जिमखाना च्याम्पियनसिप उपाधि

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरेन्द्र प्रधानले प्रथम फक्सवागन राष्ट्रिय अटो जिमखाना च्याम्पियनसिपको जितेका छन् । नेपाल मोटर स्पोट्र्स क्लबको आयोजना तथा नेपाल अटोमोबाईल एसोसिएसन नासासँगको सहकार्य तथा काठमाडौं जिल्ला खेलकुद विकास समितिसँगको समन्वयमा शनिबार आयोजना गरेको प्रतियोगितामा सुरेन्द्र उपाधि जित्न सफल भएका हुन् ।

काभ्रेको धुलिखेल नगरपालिकाले तयार पारेको हिमालयन मोटर ल्यान्डमा भएको प्रतिस्पर्धामा विदुर पौडेल दोस्रो तथा रिक्की देउलाले तेस्रा भए । विजेता सुरेन्द्रले ईन्डोनेसियामा सन् २०१८ मा आयोजना हुने एसियन अटो जिमखाना च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

त्यस्तै विदुरले फेब्रुअरीमा भारत–नेपाल–भुटानमा आयोजना हुने हिमालयन ड्राईभ ट्राई नेशनमोटर ¥यालीमा भाग लिनेछन् । रिक्कीले सौराहा भ्रमणको विशेष प्याकेज तथा आर्कषक पुरस्कार प्राप्त गरे । त्यस्तै फ्रिल्याप टाईम तर्फ सुजन ओझा पहिलो, बिप्लक श्रेष्ठ दोस्रो तथा सबिन शाक्य तेस्रो भए । उनीहरुले शिल्ड, ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

च्याम्पियनसिपमा ४१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालमा अटो जिमखाना च्याम्पियनसिप आयोजना भएको यो पहिलो अवसर हो । १ सय ५० मिटर लामो सर्किटमा अटो जिमखाना च्याम्पियनसिप गरिएको थियो भने, ७ सय मिटर लामो रेसिङ सर्किटमा फ्रि टाईम ल्याप कम्पिटिसन गरिएको थियो ।

विजेता खेलाडीहरुलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी शिब प्रसाद सिंखडा, नासाका अध्यक्ष दशरथ रिसाल, महासचिव गोबिन्द भट्टराई, नेपाल मोटर स्पोट्र्स क्लवका अध्यक्ष दिपक कुमार आचार्य, नेपालको लागि फक्सवागन गाडीको आधिकारीक बिक्रेता पुजा ईन्टरनेशनल नेपालका सिईओ विवेक बिजुक्छेलगायतले पुरस्कृत गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.