7 years ago
December 30, 2017
पोखरा (हाम्रो खेलकुद)– राखेप च्याम्पियनसिप राष्ट्रिय भलिबलमा च्याम्पियनसिपमा विभागिय टोलीले उपाधि जितेका छन् । आज भएको फाइनलमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका हुन् ।
३१ औं राष्ट्रिय पुरुष भलिबल समेत रहेको प्रतियोगिताको फाइनलमा आर्मीले अर्को विभागिय टोली एपिएफलाई ३–० को सोझो सेटमा हरायो । अर्कोतिर २१ औं राष्ट्रिय महिला भलिबल समेत रहेको प्रतियोगिताको फाइनलमा एपिएफले मध्यामाञ्चललाई पनि ३–० कै सोझो सेटमा पराजित गर्यो ।
पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा पुरुषको फाइनलमा आर्मीले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ ले हराएको थियो । त्यस्तै महिलातर्फको फाइनलमा एपिएफले मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सोझो पराजित गर्यो ।
पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान प्राप्त गरे । आजै भएको खेलमा पश्चिमाञ्चलले पुलिसलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ ले हरायो । महिलातर्फ पुलिसले घरेलु टिम पश्चिमाञ्चललाई २५–१५, २५–२१ र २५–२१ को सोझो सेटमा पराजित गर्यो ।
पाँच दिन सम्म चलेको प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी र आर्मीका मान बहादुर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । च्याम्पियनसिपको दुवैतर्फका विजेताले ५० हजार र दोस्रोले ३० र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गरे ।
युवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरी, नेपाल भलिवल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, प्रदेश नं ४ सभा सदस्य इन्द्रधारा विष्ट, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ लगायतले विजेता, उपविजेता र तेस्रो हुने टोलीका खेलाडीलाई पुरस्कृत गरे । प्रतियोगितामा दुवैतर्फ पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]