7 years ago
December 29, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अर्को नेपाल पुलिस क्लब माथि रोमाञ्चक जित हासिल गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आज भएको पहिलो सेमिफाईनलमा विभागिय डर्बीमा आर्मीले पुलिसलाई ३–२ को रोमाञ्चक जित हासिल गरेको हो ।
पहिलो सेट २५–२३ ले जितेको आर्मीले दोस्रो सेट भने १९–२५ ले गुमाएको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै आर्मी २५–२३ को जित निकाल्यो । तर, पुलिसले चौथो सेट २५–१९ ले जितेपछि खेलमा रोमाञ्चक २–२ को बराबरी भएको थियो । पाँचौं तथा निर्णयक सेटमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे ।
पाँचौ सेटको मध्यान्तरमा आर्मीले ८–७ को अग्रता लिएको थियो । त्यसपछि पुलिस खेलमा फर्कियो । पुलिसले एक समय १४–१३ को अग्रता पनि लिएको थियो । तर टोली म्याच पोइन्टमा पुगेर चुक्यो । रोमाञ्चक बनेको पाँचौ सेटको अन्त्यमा आर्मीले लगातार ३ अंक थप्दै १६–१४ नतिजा आफ्नो पक्षमा पार्यो ।
पुरुषतर्फको ३१ औं राष्ट्रिय भलिबल प्रतियोगितामा समेत रहेको च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा घरेलु टोली पश्चिमाञ्चललाई ३–० ले हराउँदै अर्को विभागिय टोली नेपाल एपिएफ क्लबले आमीृसँगको भेट पक्का गरेको छ । एपिएफले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा खेल जितेको थियो ।
अर्कोतिर एपीएफ र मध्यामाञ्चलबीच महिलाको उपाधिका लागि भिड्ने भएका छन् । २१ औं महिला राष्ट्रिय भलिबल प्रतियोगिता समेत रहेको पोखरा रंगशालामा जारी च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा एपीएफले घरेलु टिम पश्चिमाञ्चललाई ३–० कोे सोझो सेटमा हरायो ।
एपीएफले पश्चिमाञ्चलमाथी २५–१७,२५–१९ र २५–१९ को सहज जित निकाल्यो । अर्को सेमिफाइनलमा मध्यामाञ्चलले पुलिसलाई ३–१ ले रोक्यो । पहिलो सेट २२–२५ ले गुमाएको मध्यामाञ्चलले खेलमा फर्कदै लगातार तीन सेट २५–२०, २७–२५ र २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । फाइनल शनिबार हुनेछ ।
रमिला र परीक्षाको आगमन
न्यू डायमण्डकी चर्चित स्पाइकर रमिला तन्डुकार र पश्मिाञ्चलकी प्रभावशाली स्पाईकर परिक्षा गुरुङ करिब अढाई बर्षपछि राष्ट्रिय प्रतियोगितामा देखिएका छन् । रमिला अमेरिका र परीक्षा बेलायतबाट प्रतियोगितामा भाग लिन स्वदेश फर्केका थिए । रमिलाले मध्यामाञ्चलबाट खेल्दा परिक्षाले पश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेकी थिइन् । दुवै महिला राष्ट्रिय टोलीको पुनरागमनको आशासहित घरेलु प्रतियोगितामा फर्केका बताइएको छ । परिक्षा र रमिला दुवै वैवाहिक बन्धनमा बाधिएपछि खेलबाट टाढा रहदै आएका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]