default_image

7 years ago

December 28, 2017

हाम्रो खेलकुदकर्मी बोहोरा सम्मानित

82 views

0 Bookmark

पाँचथर (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमका पाँचथर संवाददाता दिपक बोहोरा सम्मानित भएका छन् । रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक फिदिम स्पोर्टस क्लबले आज पहिलो सेमिफाइनलका दौरान बोहोरालाई सम्मान गरेको हो ।

सम्मानपछि हाम्रो खेलकुदकर्मी दिपक बोहोरा ।

फिदिममा जारी नवौं फाल्गुनन्दको सफलताका लागि पुर्याएको योगदानको कदरस्वरुप उनलाई सम्मान गरिएको हो । स्थानिय रेडियो मितेरीमा खेलकुद कार्यक्रम समेत चलाउँदै आएका बोहोराले प्रतियोगितामा मिडिया फोकल पर्सनका रुपमा समेत भूमिका निर्वाह गरिरहेका छन् ।

सोही अवसरमा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघ संस्थालाई पनि सम्मान गरिएको थियो । आज भएको पहिलो सेमिफाइनलमा अग्नी रुपन्देही ११ लाई ३–१ ले हराउँदै सुनसरी ११ फाल्गुनन्द गोल्ड कपको फाइनलमा पुगेको छ ।

सुनसरीले आइतबार हुने फाइनलमा साविक विजेता विर्ता युनाइटेड वा मोरङसँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल भोली हुनेछ ।

फाल्गुनन्द गोल्ड कपको विजेताले उपाधि सहित ३ लाख, दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सवोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक , मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार रुपैयाँ पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.