7 years ago
December 27, 2017
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल एपिएफ क्बल र नेपाल पुलिस क्लबले दोहोरो जित हासिल गरेका छन् । २१ औं राष्ट्रिय महिला भलिबल समेत रहेको प्रतियोगितामा आज एपीएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–९,२५–१९ र २५–७ ले हरायो ।
महिलातर्फ नै पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ ले पराजित गर्यो । पुरुषको ३१ औं राष्ट्रिय प्रतियोगिताका रुपमा रहेको प्रतिस्पर्धामा एपीएफले मध्यापश्चिमाञ्चललाई २५–१०,२५–९ र २५–२० ले हरायो । त्यस्तै पुलिसले सुदूरपश्चिमाञ्चललाई २५–१७,२५–१९ र २५–१८ को सोझो सेटमा पराजित गर्यो ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा आज पश्चिमाञ्चलले पनि दोहोरो जित हासिल गरेको छ । महिलातर्फ मध्यपश्चिमाञ्चललाई २५–७,२५–५ र २५–२३ ले हराएको पश्चिमाञ्चलले पुरुषतर्फ पुर्वाञ्चललाई २५–१८,२५–१८ र २७–२५ ले पराजित गर्यो । महिलातर्फको अर्को खेलमा मध्यामञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–३,२५–५ र २५–११ ले पराजित गर्यो । पुरुषतर्फ आर्मीले मध्यमाञ्चललाई २५–८,२५–१० र २५–२० ले पाखा लगयो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]