default_image

7 years ago

December 26, 2017

राखेप च्याम्पियनसिप भलिबलमा विभागिय टोलीको दबदबा

118 views

0 Bookmark

पोखरा – राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा आज सुरु भएको छ । पाँच बिकास क्षेत्र र तीन विभागिय टोली सहभागिता रहेको प्रतियोगिताको पुरुषतर्फको लिग खेलमा त्रिभुवन आर्मी , नेपाल एपिएफ क्लब, पश्चिमाञ्चल र नेपाल पुलिसले सफलता प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ लिग खेलमा एपीएफ, मध्यामञ्चल, पश्चिमाञ्चल र पुलिसले विजयी सुरुवात गरेका छन् ।

प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–२०, २५–१९ र २५–१४ को सोझो सेटमा हरायो । अर्को विभागिय टिम एपीएफले सुदूरपश्चिमाञ्चललाई २५–१२, २५–१७ र २५–१३ ले हरायो । पुरुषकै तेश्रो खेलमा नेपाल पुलिसले मध्यपश्चिमाञ्चललाई २५–१६, २५–१७ र २५–१६ ले पराजित गर्यो । पश्चिमाञ्चलले मध्यामञ्चललाई २५–२१, २५–२२ र २५–१६ ले पाखा लगायो ।

पोखरा रंगशालामा भएको महिलातर्फको लिग खेलमा एपीएफले पूर्वाञ्चललाई २५–२, २५–४ र २५–७ ले हराउदा मध्यामञ्चलले मध्यापश्चिमाञ्चललाई २५–७, २५–११ र २५–१० ले पराजित गर्यो । त्यस्तै पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–२, २५–४ र २५–८ ले र नेपाल पुलिसले आर्मीलाई २५–१३, २७–२५ र २५–६ को सोझो सेटमा रोक्यो ।

युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताका दुवैतर्फका विजेताले ५० हजार, दोस्रोले ३० र तेस्रो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला तथ पुरुषका उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट हुने खेलाडीले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सहभागि टोलीलाई दुई समूह विभाजन गरि लिगकम नकआउटका आधारमा सञ्चालन हुने टेक्निकल कमिटि संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरले जनाए । प्रतियोगिता १५ गते सम्म संचालन हुनेछ ।

 

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.