7 years ago
December 21, 2017
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा राष्ट्रिय स्तरको ब्याडमिन्टन कर्भड हल बन्ने भएको छ । जिल्ला ब्याडमिन्टन संघ सुर्खेतले जिल्ला खेलकुद विकास समिति (जिखेविस) को सहयोगमा कभर्ड हल बनाउन लागेको हो । जिखेविसले संघलाई ४ कट्ठा जग्गा उपलव्ध गराएपछि कभर्डहल बनाउन सहज भएको बताइएको छ ।
ब्याडमिन्टन संघले सुर्खेतमा आधुनिक शैलीको ब्याडमिन्टन कर्भड हल बनाउने भन्दै २०७३ साल कार्तिक २५ गते देखि सप्ताहव्यापी मध्यपश्चिम धार्मिक महोत्सव सञ्चालन गरेको थियो । महोत्सववाट १ करोड ३० लाख रुपैयाँ संकलन भएको र त्यसमा थप रकम जुटाएर २ करोड लगानीको कभर्डहल बनाउने जिल्ला ब्याडमिन्टन संघले बताएको छ ।
जिखेविसका लागि बहुउद्देशीय कभर्ड हल निर्माण गर्न जग्गा उपलव्ध गराइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए । ‘ब्याडमिन्टन संघले धार्मिक महोत्सववाट जुन रकम उठायो, त्यसलाई जिखेविसले ४ कट्ठा जग्गा उपलव्ध गराएर सहयोग ग¥यो’, समितिका अध्यक्ष गिरीले भने, ‘हामीले राखेपले दिएको अनुमती, मापदण्ड र सुर्खेतको रंगशाला निर्माणका लागि बनाएको गुरुयोजनालाई असर नपर्ने गरी जग्गा दिएका हौं ।’
सरकारले अहिलेको अवस्थामा खेलकुदको विकासका लागि रंगशाला निर्माणको डीपिआर र गुरुयोजना बनाएकोमा त्यसलाई असर नपुग्ने गरी ब्याडमिन्टन कभर्ड हल निर्माण गर्न जग्गा उपलव्ध गराइएको जिखेविसका उपाध्यक्ष जनक रावलले बताए ।
जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष चेत बहादुर अधिकारीले १ बर्ष अघि धार्मिक महोत्सव आयोजना गरेर उठेको रकममा नपुग रकम उठाएर सुर्खेतको खेलकुदमा टेवा पुग्ने हिसावले ४ वटा कोर्ट सहितको आधुनिक कर्भडहल बनाउन लागिएको बताए । उनले कभर्ड हलका लागि अथक प्रयास गरिएको र जिखेविसको सहयोगमा आफुहरुको योजना पुरा हुने बताए ।
जिखेविसका अध्यक्ष गिरी र ब्याडमिन्टनका उपाध्यक्ष अधिकारीबीच जग्गा हस्तान्तरण भई एक बहुउद्देशीय कर्भड हल निर्माण गर्ने सहमति भएको छ । जिखेविसले कभर्ड हलबाट उठेको रकमको १० प्रतिशत रकम लिनेगरी जग्गा उपलब्ध गराएको बताइएको छ ।
साथै समितिलाई राष्ट्रिय र प्रदेश स्तरिय तथा अन्य प्रतियोगिता सञ्चालन गर्न आवश्यक परेको बेला निशुःल्क उपलव्ध हुनेगरी दुवै पक्षबीच हस्ताक्षर भएको बताइएको छ । उपत्यका नगरविकास समिति मार्फत भोगचलन गर्न पाउने गरी साढे ९ विगाह जग्गा सरकारले जिखेविस लाई उपलब्ध गराएको छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]