9 years ago
December 23, 2015
नेपाल ब्याडमिन्टन संघले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुको पहिलो चरणको छनोट बुधबार सम्पन्न गरेको छ ।
पुष्पलाल र्याङकीङ्ग प्रतियोगितालाई आधार मानेर पुरुषको सिनियर तर्फका उच्च १६ स्थानमा रहेका मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ मा पहिलो देखि चौथो स्थानमा रहेका खेलाडीहरु गरि कुल १९ र महिला तर्फ सिनियर उच्च १६ स्थानमा रहेका खेलाडी मध्ये राष्ट्रिय टिममा रहेका पाँच खेलाडी बाहेक र जुनियर यु–१९ तर्फ पहिलो देखि चौथो स्थान हात पार्ने खेलाडी गरि कुल १५ खेलाडीहरुको विच पहिलो चरणको प्रतिस्पर्धा गराईएको थियो ।
पहिलो चरणबाट पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडी दोश्रो चरणको लागि छनोट गरिएको नेपाल ब्याडमिन्टन संघका सदस्य एवं छनोट प्रतियोगिताका संयोजक नविन विक्रम शाहले जानकारी गराए । शाहका अनुसार पहिलो चरण बाट पुरुष तर्फ सुदीप सेंढाई, संजीव खड्का, नविन श्रेष्ठ, दीपक बोहरा र इरफान अन्सारी तथा महिला तर्फ मेघा चन्द, सुनैना मुखिया र अनु राई दोश्रो चरणको लागि छनोट भएका छन् ।
दोश्रो चरणको प्रतियोगितामा राष्ट्रिय टिममा रहेका पुरुष तर्फ पाँच खेलाडी रत्नजित तामाङ्ग, विकास श्रेष्ठ, दिपेश धामी, साजन कृष्ण ताम्राकार, विष्णु कटुवाल र पहिलो चरणमा छनोट भएका पाँच खेलाडीहरु गरि कुल १० का विच प्रतिस्पर्धा गराईने र महिला तर्फ पहिलो चरणमा छनोट भएका तीन खेलाडीहरुका साथै राष्ट्रिय टिममा रहेका पाँच खेलाडी सरादेवी तामाङ्ग, नङ्गशला तामाङ्ग, शिक्षा श्रेष्ठ, अमिता गिरी र जेशिका गुरुङ्ग गरि कुल ८ खेलाडीका विच प्रतिस्पर्धा गराईने छ ।
दोश्रो चरणको प्रतिस्पर्धाबाट पुरुष र महिलाबाट समान पाँच÷पाँच खेलाडी दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि छनोट गरिने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी गराएका छन् । दोश्रो चरणको प्रतिस्पर्धा आईतबारबाट संचालन हुने प्रतियोगिता संयोजक नविन विक्रम शाहले जानकारी गराए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]