default_image

7 years ago

December 4, 2017

सुटिङ टोली मंगलबार जापान जाने

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दसौं एसियाली एयर गन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली सुटिङ टोली मंगलबार जापानको वाको जाने भएको छ ।

डिसेम्बर ६ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडी सुस्मिता नेपाल र आयुशा केसीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । दुवैले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम व्यस्थापकमा नेपाल सुटिङ संघका सदस्य राजेशबहादुर श्रेष्ठ तथा प्रशिक्षकमा सुटिङ प्रमुख प्रशिक्षक प्रदीप खाती रहेका छन् । नेसनल राइफल एसोसिएन अफ जापानको आयोजनामा हुने उक्त प्रतियोगिता सन् २०१८ मा अर्जेन्टिनामा हुने युथ ओलम्पिकका लागि खेलाडी छनोटका रुपमा समेत रहेको प्रशिक्षक खातीले जानकारी गराए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती र सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले सोमबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीले स्वर्ण, रजत र कांस्य जितेमा संघले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । एसियाली सुटिङ महासंघका महासचिव समेत रहेका अध्यक्ष श्रेष्ठले खेलाडीले पदक जिते तालिमको छात्रवृत्तिका लागि एसियाली सुटिङ महासंघमा पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

साथै कार्यक्रममा उपस्थित खेलाडीका अभिभावकले पनि स्वर्ण, रजत र कांस्य जितेको खण्डमा अध्यक्ष श्रेष्ठले घोषणा गरे जति रकम नै खेलाडीलाई उपलब्ध गराउने वाचा गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.