default_image

7 years ago

December 4, 2017

हङकङमा मीरालाई एसियन स्काइ रनिङ च्याम्पियनसिपको उपाधि

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका मीरा राईले हङकङमा भएको एमएसआइजी लान्ताउ ५० एसियन स्काइ रनिङ च्याम्पियनसिपको उपाधि जितेकी छन् ।

तस्विर: मीराको फेसबुक

आइतबार हङकङमा भएको स्काइ रनिङ च्याम्पियनसिपमा नेपाली अल्ट्रा धाविका मीरा राईले निर्धारित ५० किलोमिटर दुरी ६ घण्टा ५० मिनेट ३४ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् ।

मीराले दोस्रो स्थानमा आएकी जापानी धाविकालाई १ घण्टा भन्दा बढी समयले पछि पारिन् । जापानकी युकारी होसिनो र काओरी निवाले क्रमशः ७ घण्टा ५२ मिनेट र ८ घण्टा २ मिनेटमा सो दूरी तय गरेर दोस्रो र तेस्रो स्थान हासिल गरिन् ।

लिगामेन्ट इन्जुरीका कारण मीराले केही समय विश्राम लिएकी थिईन् । मीरा सन् २०१४ मा इटालीमा ५७, हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन बनेकी थिइन् । राईले ‘नेशनल जोग्राफी एड्भेन्चरर अफ दि इयर २०१७’ उपाधि पनि जितिसकेकी  हुन् ।

पुरुषतर्फ भने स्पेनका क्रिष्टोफर क्लिमेन्ट विजेता बने। क्लिमेन्टले ५ घण्टा ४९ मिनेटमा दूरी पूरा गरे भने राईले ६ घण्टा ५० मिनेटमा सो दूरी पार गरिन्। त्यसबाहेक सो प्रतियोगितामा सम्पूर्ण पदक जापानी धावकहरुले हात पारे। पुरुषतर्फ मियुरा उइची र काजुआकी होसिनो क्रमशः दोस्रो र तेस्रो भए। मियुराले ६ घण्टा २ मिनेट र होसिनोले ६ घण्टा ३९ मिनेटमा सो दूरी पार गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.