default_image

7 years ago

October 30, 2017

भारोत्तोलनमा कमललाई ६ कास्यपदक

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल बहादुर अधिकारीले कोरियामा जारी दुई फरक प्रतियोगिता एसियन कप इन्टर क्लब च्याम्पियनसिपमा कास्यपदक हात पार्न सफल भएका छन्

lifting

कमलले पुरुष ७७ केजी तौल समूहमा कास्य जित्न सफल भएका हुन् कमलले स्न्याचमा ११७ केजी, क्लिन एण्ड जर्कमा १४० भार बहन गर्दै कुल १५७ केजी भार बहन गर्दै कास्य जित्न सफल भएको नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्ताले जानकारी गराए यसअघि सञ्जु चौधरीले पुरुष ५३ केजी तौल समूहमा रजत पदक जित्न सफल भएका थिए ६९ केजी तौल समूहमा प्रकाश केसीले कुनै पदक जित्न सकेन

प्रतियोगिता अन्र्तगत नेपालले मंगलबार अन्तिम प्रतिस्पर्धा गर्दैछ नेपालकी कमला श्रेष्ठले ६३ केजी तौल समूहमा आफ्नो चुनौती प्रस्तुत गर्नेछिन् कमलाबाट पनि पदकको सम्भावना रहेको महासचिव गुप्ताले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए

January 9, 2025

नेपाललाई‌ टिम इभेन्टमा स्वर्ण, सदभावको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]

January 9, 2025

बागमती खेलकुद परिषद्का १० सदस्यले सपथ लिए

मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषद् मनोनित १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल […]

January 9, 2025

आर्मीलाई इन्डो नेपाल भलिबल उपाधि

सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो ।आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो। पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन […]

Success

Thank you for your time.