7 years ago
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका वसन्त थारु र नेपाल एपिएफकी सोनी गुरुङ एनएसए सातौं राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप २०७४ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
ट्राईयाथलनको पुरुष स्प्रिन्टतर्फ ७५० मिटर पौडी, २० किमिबाईक र ५ किमि दौड सेनाका थारुले १ घन्टा, ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । दोश्रो स्थानमा रहेका दिपेश चौधरीले उक्त दूरी १ घन्टा, ७ मिनेट ५० सेकेन्डमा र तेश्रो स्थामा रहेका रुद्र कटुवालले १ घन्टा, ८ मिनेट १५ सेकेन्डमा पुरा गरे । दुवै सेनाकै खेलाडी हुन् ।
यस्तै महिलातर्फ सोनीले उक्त दुरी १ घन्टा २२ मिनेट २४ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पार्दा सेनाकी याम कुमारी भुजेलले १ घन्टा २६ मिनेट ५५ सेकेन्डमा पार गर्दै रजत पाईन् ।
नेपाल ट्रायथलन संघको आयोजनामा पोखरा लेकसाईडमा भएको च्याम्पियनसिपको ५ किमि दौड, २० किमि बाईक र २.५ किमि दौडको दुवाथलनमा पुरुष तर्फ सेनाका मान बहादुर थापाले स्वर्ण पाए । उनले उक्त दूरी ५७ मिनट ३६ सेकेन्डमा पुरा गरे । ५९ मिनट २० सेकेन्डका साथ एपिएफका किरण मल्लले रजत र १ घन्टा ३३ सेकेन्डका साथ काठमाण्डौका लक्ष्मण मल्लले कास्य पाए । महिलातर्फ प्युठानकी हुमी बुढामगरले उक्त दुरी १ घन्टा १० मिनट ५५ सेकेन्डमा पुरा गर्दै स्वर्ण पाईन् । १ घन्टा १४ मिनट १२ सेकेन्डका साथ सेनाकी मञ्जु खड्काले रजत र १ घन्टा २१ मिनट ४१ सेकेन्डका साथ झापाकी शान्तिकला राईले कास्य पाईन् ।
प्रतियोगितामा नेपाली सेना, नेपाल एपिएफ, कास्की, धनुषा, उदयपुर, बाँके, काठमाण्डौ, मोरङ, प्युठान, ललितपुर र झापाका गरि ट्रायथलनतर्फ ९ पुरुष र २ महिला तथा दुवाथलन तर्फ २१ पुरुष र ७ महिलाले प्रतिस्पर्धा गरेका थिए ।
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]
January 9, 2025
मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषद् मनोनित १० जना सदस्यहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले सपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल […]
January 9, 2025
सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो ।आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो। पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन […]