7 years ago
October 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघको आयोजनामा भएको नेपाल दुबई इन्डोर हक्की मैत्रीपूर्ण हक्की प्रतियोगिताको पहिलो खेल बराबरीमा सकिएको छ ।
तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद
ताहाचलस्थित ताहाचल फुटसलमा बुधबार भएको खेलमा नेपाल आर्मी क्लबले किङ खान हक्की क्लब दुबईलाई ४–४ गोलको बराबरीमा रोक्न सफल भएको हो ।
किङ खानका लागि अली खानले २ गोल गर्दा सेरयार र नादिमले १–१ गोल गरे । आर्मीका लागि अमृत श्रीवास्तव, सत्यनारायाण चौधरी, पदम पन्त र दिपेन्द्र ऐरले गोल गरे ।
नेपाल हक्की संघको आयोजना तथा काठमाडौं हक्की क्लबको सहकार्यमा भएको दुई दिने मैत्रीपूर्ण प्रतियोगिताको दोस्रो खेल बिहिबार ताहाचल फुटसलमा नै हुदैछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]