default_image

9 years ago

December 13, 2015

रोलबल टोलीको भारत जाने

132 views

0 Bookmark

काठमाडौं

तेश्रो रोलबल विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाल टोली सोमबार भारतको पुणे प्रस्थान गर्ने भएको छ । डिसेम्बर १५ देखि २० तारिखसम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोली सहभागी हुँदैछ ।

rollball

पुरुष खेलाडीहरुमा सजिव महर्जन (कप्तान), मनोज वज्राचार्य (उपकप्तान), आशय विसी, सौगात श्रेष्ठ, अभिषेक मानन्धर र विशाल सापकोटा रहेका छन् । महिलामा सुमी श्रेष्ठ (कप्तान), आकृति अधिकारी (उपकप्तान), सोनु तुलाचन, सरु अमात्य, मनीषा थापा र आस्मा रायमाझी छन् ।

टिम व्यवस्थापकमा नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जन र प्रशिक्षकमा अर्पण पुरी छन् । प्रतियोगितामा नेपालसहित विभिन्न ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष महर्जनले जनाएका छन् । केन्यामा भएको विश्व च्याम्पियनसिपको दोश्रो संस्करणमा नेपाली महिला टोलीले तेश्रो स्थान हात पारेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य वीरेन्द्र श्रेष्ठले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.