default_image

7 years ago

October 6, 2017

राजवंशी एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित

111 views

0 Bookmark

इस्लामावाद/पाकिस्तान (हाम्रो खेलकुद )–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी (दायाँ) का साथ मञ्चका महासचिव प्रकाश तिमल्सिना पाकिस्तानको इस्लामावादमा भएको विशेष साधारण सभामा भाग लिदै ।

उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । २५ मध्ये राजवंशीले १८ र अलीले ७ मत प्राप्त गरेकी थिइन् । एक कार्यकाल सदस्य रहेका राजवंशी गत बर्ष कोषाध्यक्षमा निर्वाचित भएका थिए । यो जितसँगै राजवंशी स्वतः मञ्चको केन्द्रिय समिति सदस्य बनेका छन् । मञ्चको विधान अनुसार कुनै सदस्य खेलकुद पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था र नेपाल पत्रकार महासंघमा निर्वाचित भएमा केन्द्रिय सदस्य हुनेछन् ।

राजवंशीलाई बधाई दिदै एआइपिएस एसियाका नव निर्वाचित अध्यक्ष कुवतेका सल्लाम अली अलसाही (बायाँ) ।

 

राजवंशीले आफ्नो जितलाई मञ्च र समग्र नेपाली खेलकुद पत्रकारहरुको जितका रुपमा आफुले लिएको बताएका छन् । ‘देशमा मञ्चले खेलकुद पत्रकारितामा निर्वाह गरेको भूमिका र संगठन निर्माणमा हामीले गर्दै आएको प्रयासलाई फेरि एक पटक अन्तर्राष्ट्रिय फोरमबाट मान्यता पाएको छ ’ राजवंशीले भने,‘व्यक्तिका रुपमा यहाँ मेरो उपस्थिति रहेपनि यो मञ्चको जित हो । म मार्फत मञ्चले अन्तर्राष्ट्रिय फोरममा आफ्नो आवाज निरन्तर उठाइरहनेछ ।’

मञ्च सन् २००६ देखि एआइपिएस एसिया सदस्य बनेको थियो । मञ्चले गत एआइपिएस एसियाको केन्द्रिय समितिको बैठक काठमाडौंमा आयोजना गरेको थियो । राजवंशी पहिलो पटक २०१२ मा एआइपिएस एसियाको सदस्य निर्वाचित भएका थिए । उनी २०६० साल देखि निरन्तर नौं वर्ष मञ्चको अध्यक्ष रहेका थिए । २०५२ सालमा समाचारपत्र दैनिकबाट खेलकुद पत्रकारिता सुरु गरेका राजवंशी अहिले बिबिसी नेपाली सेवामा कार्यरत छन् ।

विशेष साधारण सभाले कुवतेका सल्लाम अली अलसाहीमा अध्यक्ष सहित १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अलसाही, प्रथम उपाध्यक्षमा दक्षिण कोरियाका हि डन जुङ र महासचिवमा पाकिस्तानका अम्जद अलि मलिक निर्विरोध निर्वाचित भएका थिए । ५ उपाध्यक्ष, १ कोषाध्यक्ष र ८ सदस्यका लागि भने निर्वाचन भएको थियो ।

नेपालबाट राजवंशी र मञ्चका महासचिव प्रकाश तिमल्सिनाले विशेष साधारण सभामा भाग लिएका थिए । साधारण सभामा एआइपिएस २८ सदस्य देशका ७० बढी प्रतिनिधिको उपस्थिति रहेको थियो । साधारण सभामा खेलकुद पत्रकारको अन्तर्राष्ट्रिय संस्था एआइपिएसका अध्यक्ष जियानी मेर्लो विशेष अतिथिका रुपमा उपस्थित भएका थिए । निर्वाचित कार्यसमितिको पहिलो बैठक आजै बसेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.