7 years ago
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका खगेन्द्र बहादुर भाटले आठौ संस्करणको ऐतिहासिक लिग लिगे दौडको उपाधि जितेको छ । हरेक वर्ष आयोजना हुदै आएको लिग लिगे दौडमा यसपटक आर्मीका खगेन्द्र सिंह भाटले निर्धारित १३.८ किलोमिटर दुरी १ घण्टा २ मिनेटमा पुरा गर्दै उपाधि जिते ।
उपाधि जितेको भाटले नगद ५० हजार ५ सय ५ रुपैयासहित श्रीपेच प्राप्त गरे । आर्मीकै रामजी बस्नेतले १ घण्टा ३ मिनेट २१ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो भए । आर्मीकै कृष्ण बसनेत १ घण्टा ५ मिनेट २८ सेकेण्डका साथ तेस्रो भए । दोस्रो भएकाले ३० हजार ३ सय ५, तेस्रोले २० हजार २ सय ५ प्राप्त गरे । जुम्लाका नरेश बुढा, काठमाडौंका सुमन कुलुङ, अमिर सिंह, सञ्जीव विक र धर्म महर्जन क्रमशः चौथो देखि आठौं स्थानसम्म आए । उनिहरुले क्रमशः १० हजार १ सय ५, ५ हजार ५, ४ हजार ५, ३ हजार ५ र २ हजार ५ प्राप्त गरे । यस्तै समावेशी महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जितिन् ।
उनले निर्धारित ५ किलोमिटर दुरी ३९ मिनेट ४८ सेकेण्डमा पुरा गरे । ४२ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेका सानुमाया कार्की दोस्रो तथा मीरा श्रेष्ठ खड्काले ४८ मिनेट २८ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भईन् । विजेता सन्तोषी श्रेष्ठले उपाधिसहित १५ हजार ५ रुपैया प्राप्त गरिन् । दोस्रो भएको सानुमायाले १० हजार ५ र तेस्रोले ५ हजार ५ प्राप्त गरिन् । यस्तै स्थनीयतर्फको उपाधि पालुङटारका अमिर सिंहले जिते । उनले निर्धारित दुरी १ घण्टा १० मिनेट ४० सेकेण्डमा पुरा गरे । पालुङटारकै सुर्य विकले १ घण्टा १४ मिनेट ३५ सकेण्डमा दुरी पुरा गर्दै दोस्रो भए । राजन नेपालीले १ घण्टा १५ मिनेट ०५ सेकेण्डमा दुरी पुरा गर्दै स्थान हात पारे । विजेताले १५ हजार ५ रुपैया प्राप्त गरे । दोस्रो र तेस्रोले क्रमशः १० हजार ५ र तेस्रोले ५ हजार ५ प्राप्त गरे ।
दौडमा अघिल्ला संस्करणका विजेताहरुले सहभागिता जनाउने भनिएतापनि उनीहरु दौडमा सहभागी भएनन् । दौड चेपेघाटबाट शुरु भएर लिग लिग दरवारमा पुगेर टुंगिएको थियो । हरेक विधाका विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन), लिगकोट बिकास अभियानका अध्यक्ष पूर्ण बहादरु राना लगायतले पुरस्कृत गरे । ऐतिहासिक महत्व बोकेको लिग लिग दौड विस १६०४ बाट शुरु भएको मानिन्छ । लिग लिग दौड तत्कालीन समयमा हरेक वर्ष लिग लिग कोटको राजा छान्ने अभिप्रायले गरिने इतिहास छ । विक्रम संवत् १६०४ बाट सुरु भएको मानिएको यस दौडको विजेताले लिगलिगमा राजा भएर एक वर्ष शासन चालाउँथ्यो । तर, लमजुङका द्रव्य शाह लिगलिग दौड जितेर राजा बनेपछि उक्त परम्पराको अन्त्य भएको थियो ।
शाहवंशीय राजाको उदय त्यहाँबाट भएको भन्ने विश्वास छ । त्यसैको सम्झनास्वरूप विक्रम संवत् २०६७ बाट पुनः लिगलिग दौडको आयोजना गर्न थालिएको हो । पहिलो लिगलिग दौडको उपाधि पुलिसका भूमिराज राईले जितेका थिए । दोस्रो संस्करणमा आर्मीका हरि कुमार रिमाल च्याम्पियन बन्दा तेस्रो संस्करणमा समिर तामाङ, चौथोमा कुष्ण बस्नेत, पाँचांैमा अनिष थापामगर, छैटौंमा पुनः हरिकुमार रिमाल र सातौंमा अनिष थापामगरले लिगलिग दौडको उपाधि जितेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]