7 years ago
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल कबड्डी संघको आयोजनामा बिहिबारबाट शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा नेपालले बंगलादेशमाथि रोमाञ्चक जित निकालेको छ ।
तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कवर्डहलमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशलाईलाई ३७–३५ को प्रतिस्पर्धात्मक अंकमा पराजित गरेको हो ।सुरुआत देखि नै खेलमा पछि परेको नेपाल एक समय २१–११ ले पछि रहेको थियो । तर, बंगलादेशका कप्तान मसुद करिम र अनवर हुसेनलाई लगतार आउट गरेपछि नेपालले खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।
पहिलो हाफ सकिदा नेपालले २३–२५ ले पछि रहेको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले बंगलादेशलाई दुईपटक अलआउट गर्दै ३१–३१ को स्थितिमा पुर्याएको थियो । बंगलादेशलाई अलआउट गरेपछि नेपालले पहिलोपटक ३४–३१ ले अग्रता लियो । त्यसपछि बंगलादेशले चार अंक जोड्दा नेपालले थप तीन अंक जोड्दै जित सुनिश्चित गरे ।
प्रतियोगिता अन्र्तगत शुक्रबार दुई खेल हुदैछ । पहिलो खेलमा बंगलादेशले भारतको सामना गर्दा दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । असोज ७ गतेसम्म चल्ने प्रतियोगितामा दक्षिण एसियामा नेपालसहित भारत र बंगलादेशको सहभागिता रहेको छ । श्रीलंकाले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको कबड्डी संघका पशुपति प्रजापतिले जानकारी गराए । सुपर लिगको आधारमा भैरहेको प्रतियोगितामा अब शुक्रबारको खेलबाट शीर्ष दुई टोलीले शनिबार उपाधिको लागि खेल्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]