7 years ago
September 17, 2017
काठमाडौं(हाम्रो खेलकुद )- रुपक स्मृति फाउण्डेसनले विमान दुर्घटनामा परि निधन भएका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपालको पहिलो फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको निधन भएको २५ औं पुण्य तिथिमा साइकल रेस गर्ने भएको छ । रेस असोज ७ गते हुने बताइएको छ ।
रुपकराज शर्माको सन् १९९२ मा पाकिस्तान इन्टरनेशनल एयरलायन्स (पिआईए) विमान दुर्घटनामा परी ललितपुर लेलेमा निधन भएको थियो । रुपकसँगै सोही विमानमा यात्रा गरेको सबै १६७ यात्रुको विमान दुर्घटनामा निधन भएको थियो । सोही स्थानमा निर्मित पिआइए पार्कमा साइकल रेस हुने फाउण्डेसनले जनाएको छ ।
साइकल रेस सातदोबाटोमा रहेको रुपकराज शर्माको स्मतिमा निर्मित भवनबाट शुरु हुनेछ । रेस २४ किलोमिटरको हुनेछ । नेपाल अब हवाई यात्रामा पनि सुरक्षित छ भन्ने देखाउन साइकल रेस आयोजना गर्न लागिएको फाउण्डेसनको महासचिव कृष्ण शर्माले जानकारी गराए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]